Photo Source : Clickmandu

आफूसँग भएको थोरै पैसा बैङ्क खातामा बचत गर्ने बानी छ भने राम्रो हो। त्यसले पैसा बचत मात्र हुँदैन ब्याज पनि आउँछ। व्यक्तिगत बचत खाता मात्र नभई  कुनै व्यवसाय गर्दा पनि संस्थाको नाममा पनि बचत खाता खोल्न सकिन्छ। यस्ता सबैखाले बचत खाताबाट ब्याज त आँउछ तर कर कटेर मात्र। यो लेखमा हामीले कस्तो बचत खातामा आएको ब्याजमा कति कर लाग्छ भन्ने बारेमा जानकारी दिँदैछौँ।

निक्षेप भनेको के हो? कति प्रकारको हुन्छ?

तपाईँले आफ्नो नामको बैङ्क खातामा जम्मा गर्ने पैसा नै निक्षेप/बचत हो। बैङ्कहरुले सङ्कलन गर्ने निक्षेप २ प्रकारका हुन्छन्।

  • संस्थागत निक्षेप
    • कम्पनी/संस्थाको नाममा खोलिएको बचत खाता।
  • व्यक्तिगत निक्षेप
    • तपाईँले आफ्नो नामबाट खोल्नुभएको बचत खाता।

बैङ्क डिपोजिट बापत आउने ब्याजको कर तिर्नु पर्छ कि पर्दैन ?

ब्याजबाट भएको आम्दानीको कर तिर्नु पर्छ। तपाईँले कुनै पनि बैङ्क तथा वित्तीय संस्थामा बचत गर्दा आउने ब्याजमा कर लाग्छ।

के कति कर तिर्नुपर्छ?

  • संस्थागत निक्षेपकर्ताहरुले बचतबाट प्राप्त भएको ब्याजको १५ प्रतिशत कर तिर्नुपर्छ। जस्तै तपाईँले १० लाख पैसा बचत खातामा राख्नुभयो भने ११% ब्याजदरमा भने १ वर्षमा तपाईँले १ लाख १० हजार ब्याज पाउनुहुन्छ तर यसबाट १५% मतलब १६,५०० रुपैयाँ कर काटिन्छ र राजस्व विभागमा जम्मा गरिन्छ र तपाईँलाई ९३,५०० रुपैयाँ मात्र ब्याज आउँछ।
  • व्यक्तिगत निक्षेपकर्ताको हकमा त्यस्तो कर अथवा टिडिएस ५ प्रतिशत काटिने गर्दछ। यो भनेको तपाईँलाई ब्याज दिनुभन्दा  पहिले नै बैङ्कले आफै कर काटेर दिन्छ। जस्तै तपाईँले १ लाख बचत गर्नुभयो, ५% ब्याजदरमा भनी तपाइलाई ५००० रुपैयाँ ब्याज आउनुपर्ने ५००० को ५% मतलब २५० रुपैयाँ कर काटेर ४७५० रुपैयाँ ब्याज आउँछ।

कतिपय मानिसलाई यो कुरा बारे जानकारी नभएर ब्याज कम आएको गुनासो पनि आउन सक्छ। तर त्यो बैङ्कले काम दिएर होइन की सरकारले तपाईँको आम्दानीमा कर काटेको हो।

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल