बौद्धिक सम्पत्तिको अधिकार

सबै व्यवसायीले फरक-फरक काम नै त गर्न सक्दैनन् तर, त्यही नै व्यवसाय फरक तरिका र नयाँपनमा अवश्य गर्न सक्दछन्। यसरी व्यवसायमा फरकपन दिनु नै व्यवसायीको विशेषता हो। आफ्नो व्यवसायमा कुनै नयाँपन दिइएको छ भने त्यो व्यवसाय सञ्चालन गर्ने मानिसको बौद्धिक सम्पत्ति हो। 

कुनै नयाँ सिर्जना, आविष्कार, उत्पादन आदिको अधिकार कायम गर्ने यो कानूनी अधिकार हो। सामान्यतया बौद्धिक सम्पत्तिलाई चार किसिममा बाँडिएको छः 

१.प्रतिलिपि अधिकार(कपी राइट)

 २.व्यापारिक गोपनीयता (ट्रेड सेक्रेटस्)

 ३.एकाधिकार/एकस्व (पेटेन्ट राइट)

४.व्यापार चिन्ह(ट्रेड मार्क) 

 यस्तो बौद्धिक सम्पत्तिमा कसैको लोगो, कसैको नारा (स्लोगान), कसैको आवाज, कसैको रङ्ग आदि हुन सक्दछ। जस्तै: विश्वव्यापी रुपमा बिक्री वितरण हुने उत्पादनहरु कोकाकोला, डाबर, अमूल आदिका आफ्नै आफ्नै ट्रेड मार्कहरु छन्। 

औद्योगिक व्यवसाय ऐन २०७६ दफा २ ट मा बौद्धिक सम्पत्ति भन्नाले पेटेन्ट डिजाइन,ट्रेडमार्क,सेवा मार्क, भौगोलिक सङ्केत चिन्ह, व्यापारिक गोपनीयता लगायत सो सँग सम्बन्धित अन्य औद्योगिक सम्पत्ति सम्झनु पर्दछ र सो शब्दले प्रचलित कानूनले प्रतिलिपि अधिकारको रुपमा परिभाषित गरेको विषयलाई जनाउँछ भनिएको छ। 

सामान्यतया नव प्रवर्तन (इनोभेसन), नयाँ सिर्जना, उत्पादन आदिमा बौद्धिक सम्पत्तिको कुरा आउँछ। त्यस्तो व्यवसाय गर्ने व्यक्तिले आफ्नो ट्रेडमार्क लिनुपर्दछ। आफ्नो व्यवसायको वृद्धि, विकास र ख्याती बढाउनको लागि ट्रेडमार्कले ठूलो सहयोग पुर्‍याउँदछ।

सबै व्यवसायले दर्ता गर्ने बित्तिकै कुनै ट्रेडमार्क लिनुपर्छ भन्ने छैन। सामान्यता व्यापार व्यवसाय वा सेवा व्यवसाय गर्नेले कुनै ट्रेडमार्क नलिई पनि व्यावसायिक कामहरू गर्न सक्दछन्। माथि भनेजस्तै यो व्यवसायको प्रकृतिमा भर पर्ने कुरा हो।

 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।