अब अनलाईनबाटै व्यक्तिगत स्थायी लेखा नम्बर (Personal PAN)

पछिल्लो अपडेट गरिएको: असार ३१, २०७९

आन्तरिक राजस्व विभागले घरैबाट अनलाईन गरि व्यक्तिगत स्थायी लेखा नम्बर (PPAN) लिन सकिने व्यवस्था गरि प्रयोगमा ल्याईसकेको लामो समय भैसकेको छ । यदि तपाइलाई व्यक्तिगत स्थायी लेखा नम्बर (PPAN) लिनु पर्ने भएमा निम्नानुसार स्टेपअनुसार गर्न सक्नुहुन्छ ।

  • Morzila Firefox ब्राउजर मार्फत आन्तरिक राजस्व विभागको वेबसाईट https://ird.gov.np/ खोल्नुहोस ।
  • Registration (PAN, VAT, EXCISE) भित्र रहेको Application for Registration मा क्लिक गर्नुहोस ।
  • Username, Password लगायतका विवरण भरि Personal Pan मा चिनो लगाउनुहोस ।
  • कुन कार्यालयबाट व्यक्तिगत स्थायी लेखा नम्बर (Personal PAN) लिने हो सो कार्यालय छानी Ok मा क्लिक गर्नुहोस ।
  • Continue मा क्लिक गरेपछि माग गरेका सम्पूर्ण विवरण भर्नुहोस् ।
  • Submit पछि मोबाइल र इमेलमा OTP आउने छ ।
  • OTP भर्नुहोस्, त्यसपछि छानिएको आन्तरिक राजस्व कार्यालयद्वारा Verify गरेपछि मोबाइल र इमेलमा व्यक्तिगत स्थायी लेखा नम्बर (PPAN) आउनेछ ।
  • आन्तरिक राजस्व कार्यालयबाट Verify भएपछि आएको PAN विवरण भर्दाको Username, Password बाट पनि प्रिन्ट गर्ने व्यवस्था गरिएको छ साथै PAN कार्डको सक्कल प्रति आवस्यक भएमा छानिएको आन्तरिक राजस्व कार्यालय गइ प्रिन्ट गरिएको विवरण पेश गरेर लिन सकिन्छ ।

स्रोत : आन्तरिक राजस्व विभाग (https://ird.gov.np/)

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।