व्यवसायको नाम दर्ता

पछिल्लो अपडेट गरिएको: साउन २२, २०७८

व्यवसाय दर्ता गर्ने व्यक्तिले व्यवसायको प्रकृति अनुसार नाम छनोट गर्नु पर्दछ। त्यही छनोट भएको नामबाट नै व्यवसाय दर्ता हुन्छ। व्यवसाय दर्ता गर्दा पेस गर्नुपर्ने व्यवसायको स्किम (व्यवसायको विस्तृत विवरण) तयार गर्दा नै व्यवसायको नाम उल्लेख गर्नु पर्दछ।

व्यवसायको नाम छनोट गर्दा आफ्नो नाम, परिवारका कुनै सदस्यको नाम जोडेर वा व्यवसाय सुहाउँदो व्यवसाय रहेको क्षेत्रभित्रकै कुनै प्राकृतिक, भौगोलिक, सांस्कृतिक विशेषता बताउने खालको नाम छनोट गर्न सकिन्छ। सकेसम्म उच्चारण गर्न सजिलो र आफ्नो व्यवसायको विशेषता, गुण बताउने खालको नाम छनोट गर्नु राम्रो हुन्छ। 

व्यवसायको नाम छनोट गर्दा अन्य कसैको व्यवसायको नामसँग मिल्ने गरी बनाउन हुँदैन। यदि त्यस्तो नाम मिल्न गएमा परिवर्तन गर्नु पर्दछ। परिवर्तन नगरेमा खारेज पनि हुन सक्दछ। 

व्यवसायको दर्ता तथा सञ्चालन सम्बन्धी घरेलु तथा साना उद्योग विभाग कार्यविधि दिग्दर्शन २०७२ को उद्योग दर्ताको निवेदन फारम (ख) मा उल्लेख गरिएको सर्तहरूको पालना सम्बन्धी बुँदामा “यसै नामबाट यसअघि अर्को उद्योग दर्ता भैसकेको देखिएमा यस उद्योगको नाम परिवर्तन गरिनेछ ” भन्ने उल्लेख गरिएको छ।  

 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।