सरकारले उद्यम गर्न २५ लाख सहुलियत ऋण दिने

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

सरकारले युवा उद्यमीलाई १ प्रतिशत ब्याजमा रु.२५ लाखसम्म ऋण दिने भएको छ। 

युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्ने उद्देश्यले परियोजना धितो राखी १ प्रतिशत ब्याजमा रु.२५ लाखसम्म बिउ पुँजी ऋण उपलब्ध गराउने भएको हो।  

१५ जेठ २०७८ मा आर्थिक वर्ष २०७८/०७९ को अनुमानित आय-व्यय सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्टार्टअप व्यवसायको दर्ता एकद्धार प्रणालीबाट निःशुल्क उपलब्ध हुने बताउनुभयो। 

यस्तै विदेशबाट फर्किएका युवाले पाउने सहुलियत ऋणको ब्याज अनुदान बढाइएको छ। अर्थमन्त्री पौडेलले विदेशबाट फर्किएका व्यक्तिले पाउने सहुलियतपूर्ण ऋणको ब्याज अनुदान पाँच प्रतिशत पुर्‍याइने बताउनुभएको हो। त्यसका लागि सरकारले १३ अर्ब बजेट विनियोजन गरेको छ।

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।