व्यवसाय छनोट कसरी गर्ने ?

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

कुन व्यवसाय गर्ने भनेर निर्णय लिने भनेको व्यवसायको छनोट हो। व्यवसायको छनोट गर्दा निम्न मुख्य कुराहरुमा विचार गर्नु पर्दछ। 

जस्तै :   

  • आफ्नो रुची र परिवारको सहमति

( आफ्नो रुची त्यसमा छ छैन र परिवारको सहमति कस्तो छ? )   

  • आफ्नो ज्ञान, सीप, अनुभव 

( आफ्नो ज्ञान, सीप, अनुभव के कति छ?) 

  • बजार अर्थात आफ्नो उत्पादन र सेवा लिने मान्छे वा ग्राहक 

(आफ्नो उत्पादन र सेवा लिने मानिस अर्थात ग्राहक को हुन्, कहाँका 

हुन् र कत्तिको धेरै बेच्न सकिन्छ?)

  • सामग्रीहरुको उपलब्धता  

(आवश्यक पर्ने सामग्रीहरु सजिलै पाइन्छ ? की पाइँदैन?) 

  • लगानी गर्ने पूँजी 
    • (कति पैसा लगानी गर्न पर्ला?)
  • दर्ता, नवीकरण, शुल्क, कर आदि कानूनी प्रक्रियाहरु 

(व्यवसाय दर्ता, नवीकरण, तिर्नु पर्ने शुल्क तथा कर आदि कानूनी प्रक्रियाहरु के के हुन्छन्?) 

वृद्धि र विस्तारको संभावना

(व्यवसायलाई भविष्यमा बढाउँदै लान सकिन्छ कि सकिँदैन?)

  • संभाव्य सहयोगी संस्था तथा निकायहरु 

(सहयोग सुविधा दिने निकायहरु छन् छैनन्, पाइन्छन् पाइँदैनन्?)

  • जोखिम तथा चुनौती      

 (व्यवसायमा जोखिम तथा चुनौतीहरु आउने सम्भावना के कस्तो छ ?)      

कहिलेकाँही सबै कुराहरु सबै मिलेको व्यवसाय पत्ता लगाउन गाह्रो हुन सक्छ, त्यसैले कुन व्यवसाय सुरु गर्ने होला र यो गर्ने कि त्यो गर्ने भन्ने अलमलमा पर्न सकिन्छ। त्यस्तो अवस्थामा सकेसम्म धेरै आधारहरु भएको व्यवसाय छनोट गर्नु पर्दछ। 

उदाहरणको लागि माछापालन र कुखुरापालन मध्ये कुन छान्ने होला भन्ने अलमल भएमा कुनमा धेरै आधारहरु छन्, हेर्नुहोस्। 

जस्तै: माछापालनमा रुची छ ,बजार छ, पूँजी छ, कानुनी प्रक्रिया सजिलो छ तर, अनुभव छैन, भुरा, दाना आदि आवश्यक सामग्री सजिलै पाइँदैन, चुनौती छ भने सातवटामा चारवटा आधारहरुमात्र तपाईसंग छ।

अब कुखुरापालनको कुरा गरौँ। यसमा तपाईको रुची छ ,अनुभव छ, बजार छ, दाना चल्ला आदि आवश्यक सामानहरु सजिलै पाइन्छ, पूँजी छ , कानुनी प्रक्रिया सजिलो छ तर, चुनौती त छ भने सातवटा आधारमा छ वटा आधारहरु छन्। त्यसैले माछापालन भन्दा कुखुरापालन नै छनोट गर्दा तपाईलाई उपयुक्त हुन सक्दछ। 

राम्ररी सोचेर, अवसर वा सम्भावना हेरेर सुरु गरेको व्यवसायबाट धेरै फाइदा लिन सकिन्छ।

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।