स्वयं कर निर्धारण डे-०१आय विवरण सम्बधि जानकारी र पेश गर्ने प्रक्रिया

पछिल्लो अपडेट गरिएको: साउन १६, २०७९

नेपाल सरकारद्वारा उद्यमी तथा व्यवसाय गर्नेहरुमध्ये बार्षिक रु बीस लाख कारोबार र दुई लाख सम्म आय भएका साना करदाताहरुले स्वयं कर निर्धारण डे-०१ आय विवरण भर्न पाउछन् । यो डे-०१ साना साना करदाताहरुको स्वयं घोषणा हो । यस अनुसारको कारोबारको प्रमाणीकरण र कर दाखिला गर्ने दायित्व करदाताको हुन्छ । साथै यस अन्तर्गत करदाताहरुको आय, खर्च र कर रकमको विवरण उपलब्ध गराउने जिम्मेवारी स्वयं करदाताको हुनेछ । करदाताले आन्तरिक राजस्व कार्यालयबाट आफ्नो user name र password प्राप्त गरिसकेको अवस्थामा आफैले कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सकिन्छ । थप जानकारी चाहिएमा नजिकैको आन्तरिक राजस्व कार्यालय वा आन्तरिक राजस्व विभागको कल सेन्टरको फोन न. १६६००१४०००० वा ०१ ५९७००८१, ext २०० मा फोन गरेर जानकारी लिन सकिन्छ ।

स्रोत : आन्तरिक राजस्व विभाग ( https://ird.gov.np/public/pdf/53922457.pdf)

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।