तपाईँको व्यवसायको बारेमा सबै जानकारी (किन, कहाँ, कहिले, कति खर्चमा, कस्तो सीप प्रयोग गरी, कसले र कसरी गर्ने) भन्ने विषयमा एकैठाँउमा देखिने गरी लेखिएको कागज वा फाइल नै व्यावसायिक योजना हो।

व्यवसायिक योजनामा यी कुराहरु लेख्नुपर्छ :

 व्यवसाय बारे छोटकरीमा जानकारी:

  • तपाईंको व्यवसायको बारेमा सम्पूर्ण जानकारीहरु छोटोमा स्पष्ट पार्नुहोस्

व्यवसायको परिचय

  • व्यवसायको परिचय जस्तै व्यवसायको नाम, ठेगाना, फोन नम्बर

व्यवसायको उदेश्य

व्यवसायको उदेश्यमा यस्ता कुराहरु उल्लेख गर्नुपर्छ:

  • तपाईंको व्यवसायले ग्राहकलाई कस्ता वस्तु उत्पादन गर्ने हो वा कस्तो सेवा दिने हो?
  • केही समयपछि विस्तार गर्ने हो कि होइन?
  • कति नाफा गर्ने उदेश्य राखेको छ?

बजारको विश्लेषण

तपाईंले जुन वस्तु उत्पादन/ बिक्रि गर्ने हो वा जुन सेवा दिने हो, तिनीहरु बारे यी जानकारी लेख्ने

    • बजारमा माग कति छ ? कति समान बिक्रि भइरहेको छ? प्रतिस्पर्धीहरु को को छन्
    • बजारमा अहिले पाइने बस्तु तथा सेवाको राम्रो पक्ष के छन् ? नराम्रा के छन् ?
    • प्रतिस्पर्धीहरुले बेच्ने वस्तु/सेवा भन्दा आफूले बेच्ने बस्तु/सेवा कसरी फरक छ ? र कति जति बिक्री हुने सम्भावना छ?

वस्तु/सेवाको विशलेषण

  • उत्पादन गर्ने वस्तु/सेवाको बारेमा लेख्ने
    • यदि वस्तु उत्पादन गर्ने हो भने त्यसको नाम, प्रकार, साइज, रङ, आकार, तौल, विशेषता आदिको विवरण लेख्ने
    • यदि सेवा हो भने कस्तो सेवा हो र त्यसका विशेषता के हुन् उल्लेख गर्ने

व्यवसायिक रणनीतिको विश्लेषण

  • तपाईंले बिक्री गर्न खोज्नुभएको वस्तु/सेवालाई तपाईंले कुन तरिकाले बिक्री गर्नुहुन्छ ? कसरी अहिलेका प्रतिस्पर्धीहरुभन्दा फरक बन्नुहुन्छ ?
    • अहिले बजारमा पाइने भन्दा सस्तोमा बिक्री गर्न सक्नुहुन्छ कि ?
    • महँगो नै भए पनि अहिलेको भन्दा उच्च गुणस्तरमा उत्पादन र बिक्री गर्नुहुन्छ?
    • कहाँ व्यवसाय सुरु गर्नुहुन्छ ? खुद्रा व्यापार वा सेवा दिने व्यवसाय छ भने मुख्य बजारको नजिकै स्थापना गर्नु उचित हुन्छ  
    • उद्योग हो भने कच्चा पदार्थ पाइने ठाउँ नजिक, (बाटोघाटो आदिको सुविधा भएको ठाउँ रोज्दा ठीक हुन्छ)

व्यवसायीको परिचय

  • आफ्नो परिचय दिनुहोस् जस्तै, नाम, शिक्षा, अनुभव
  • साझेदारीमा गरिएको व्यवसाय हो भने सबै साझेदारहरुको परिचय दिनुपर्छ

व्यवसाय संचालन रणनीति

  • कच्चा पदार्थको बारेमा अनुमान गरेर लेख्ने
  • कच्चा पदार्थको मूल्य कति पर्छ
  • यातायात तथा ढुवानी खर्च कति पर्छ, र वर्षैभरि पाइन्छ, पाइँदैन ?
  • कति र के समान/सम्पत्ति चाहिन्छ, अनुमान गरेर लेख्ने
    • व्यवसाय सञ्चालन गर्नको लागि कस्तो घर जग्गा, मेशिन औजार, फर्निचर तथा सवारीसाधन आवश्यक पर्दछ कुन क्षमता वा कति साइजको कतिवटा चाहिन्छ तिनीहरूको मूल्य कति पर्छ, जडान खर्च कति लाग्छ सबै लेख्ने
    • उत्पादन गर्ने तरिकाको बारेमा अनुमान गरेर लेख्ने
    • उक्त वस्तु/सेवा उत्पादन गर्न मुख्य रुपमा के के कामहरु गर्नु पर्छ, त्यसको पनि विवरण लेख्ने
  • कामदारको बारेमा अनुमान गरेर लेख्ने
  • यो व्यवसाय संचालन गर्दा कुन सिप/ज्ञान क्षमता भएका कति कामदार चाहिन्छ र तिनीहरुलाई कति तलब/सुबिधा चाहिन्छ अनुमान गरेर लेख्ने

सेल्स/मार्केटिङ (बजारमा कसरी बेच्ने, ग्राहक कसरी बढाउने) रणनीति

  • उत्पादित वस्तु कसरी मार्केटिङ गर्नेबारे लेख्ने
    • कसरी आफ्नो व्यवसायको बारेमा ग्राहकलाई जानकारी गराउने हो त्यो लेख्ने
    • यदि विज्ञापन गर्ने हो भने कहाँ र कति पैसा तिरेर गर्ने हो, जस्तै, गाउँको स्थानीय बजारमा बिक्री गर्ने हो भने हाटबाजार आदिमा, स्थानीय रेडियो/FM मा विज्ञापन गर्न सकिन्छ

खर्च सम्बन्धि रणनीति

  • अरु केके खर्च लाग्छ, त्यसको अनुमान गरेर लेख्ने जस्तै, घरभाडा, मर्मत–सम्भार, यातायात, ढुवानी, पानी, बिजुली, टेलिफोन, चिया–खाजा तथा अन्य आउन सक्ने खर्चहरु
  • सबै खर्चहरुलाई जोडेर व्यवसायको अनुमानित जम्मा खर्च निकाल्ने

व्यवसायिक योजनाको ढाँचा हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्।

 बैंकबाट ऋण लिनको लागि व्यवसायिक योजना बनाउँदै हुनुहुन्छ भने तपाईंको  व्यवसायको खर्च धेरै देखियो भने ऋण नदिने सम्भावना हुन्छ । त्यसैले खर्च राख्दा सकेसम्म गुणस्तरमा कमी आउन नदिकन कम खर्च गरि काम सम्पन्न गर्ने प्रयास गर्नु पर्छ ।

समय- समयमा विभिन्न संघ-संस्थाहरुले व्यवसायिक योजना बनाउने सम्बन्धि तालिमहरु पनि दिईरहेकाहुन्छन्, त्यहा गएर पनि तालिम लिई आफै बनाउन सकिन्छ । यसका लागि नेपाल सरकारको व्यवसायिक तथा सीपविकास तालिम केन्द्र मा सम्पर्क गर्न सक्नुहुन्छ।

0
0
0
s2sdefault

उद्यमी नेपालको फेसबुक !

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img