उद्यमी नेपालको टीमले हजाम व्यवसाय गर्दै गरेका रौतहटका बिजुली ठाकुरसँग सानो अन्तरबार्ता लिएको छ | हाल  सौगल, पाटनमा हजाम पसल राखेर बसेका उनले आफ्नो व्यवसायको बारेमा  केहि जानकारीहरू दिंदै गरेको कुराकानी निम्न दिइएको छ :-

 १. यो व्यवसाय किन सुरु गर्नु भयो ?

बाह्र वर्षको उमेरमा बुबा बित्नु भएपछि घरको सबै जिम्मेवारीहरू मेरै काँधमा आइपर्यो, त्यसैले यो व्यवसायमा लागेको हुँ |

 २. यो व्यवसाय सुरु गर्न कति लगानी गर्नु भयो ?

मैले यो व्यवसाय आफैले खोलेको चाहिँ साढे एक वर्ष भयो | मैले यो पसल खोल्न अस्सी हजार रुपियाँ लगानी गरेको छु | मैले जाउलाखेलको एउटा फाईनान्सबाट पचास हजारको ऋण लिएँ र बाकी तीस हजार चाहिँ चिनेको साहुसँग र बहिनीहरूबाट लिएर अस्सी हजार जुटाएं |

 ३. तपाईँ यो व्यवसायमा लग्नु भएको कति वर्ष भयो ?

म यो व्यवसायमा लागेको त्यस्तै २२ वर्ष भैसक्यो | बुबा बित्नु भए पछि म कामको खोजीमा कलकत्ता पुगेँ र त्यहाँ कपाल काट्ने र अन्य सबै काम हरू सिकेँ | केही महिना त्यता काम गरेर घर फर्किएँ र गाउँमा बसेरै कपाल काट्ने काम गर्न थालेँ | गाउँमा त्यति कमाई नभएकोले फेरी भारतको दिल्ली गएँ र त्यहाँ दस वर्ष काम गरेँ | भारतमा नै चौध वर्ष बसेँ त्यहाँ बस्दा धेरै गाह्रो हुन थाल्यो र त्यसैले म त्यहाँबाट घर फर्केर फेरी काठमाडौँ आएँ | सुरुमा मैले  काठमाडौँको बानेश्वोरमा एउटा हजाम पसलमा काम गरेँ त्यसपछि केही महिना सानो गाउँ स्थित एउटा पसलमा काम गरे | अरूको पसलमा काम गर्दा कहिले छोडेर जा, अन्तै काम गर भनेर कचकच गर्ने त्यही भएर अहिले चाहिँ आफैले पसल खोलेर यो व्यवसाय गर्न थालेको हुँ |

 ४. यो व्यवसायमा लाग्नलाई के-कस्ता सिप र तालिम लिनु पर्छ ?

तालिमहरू भनेको कपाल काट्ने, दारी काट्ने, हेयर स्टाइलहरुबारे थापाउनु पर्‍यो, मसाज गर्ने, कपाल स्ट्रेट गर्ने, कपालमा रङ्ग लगाउने जस्ता सबै कामहरू सिक्न जरुरी छ | कुनै पसलमा गएर केही समय काम गर्‍यो भने यो सबै काम सिकिन्छ |

 ५. यो व्यवसायमा कति आम्दानी गर्नु हुन्छ ?

गर्मी मौसममा चाहिँ राम्रै व्यवसाय हुन्छ | दिनमा रु १५०० भन्दा घटी चाहिं हुँदैन | तर जाडोको मौसममा मान्छेहरूले कपाल त्यति काट्दैनन्, त्यसैले जाडो बेला चाहिँ अलि व्यापार कम नै हुन्छ | सिजनको समयमा भने सबै खर्च गरेर महिनामा १० देखि १५ हजार जम्मा हुन्छ |

 ६.यस्तै व्यवसाय गर्न चाहनेहरूलाई के सुझाव दिन चाहनु हुन्छ ?

यो व्यवसाय खोल्ने हो भने पसल राख्दा राम्रो ठाउँ छान्नु पर्छ जस्तै बाटोको छेउ-छाउ तिर, मानिसहरूको चहलपहल बढी हुने ठाउँमा पसल खोल्यो भने धेरै व्यापार हुने सम्भावना हुन्छ | हाम्रो कपाल काट्ने व्यवसायीहरूको एउटा युनियन नै छ र यदी कसैलाई यो व्यवसाय खोल्न मन छ भने त्यहाँ गएर कुरा गर्न सकिन्छ | त्यहाँबाट केही खालको सुझाव र आर्थिक सहायत पनि पाउन सकिन्छ |

0
0
0
s2sdefault

समाचार

माटो बिना नै यसरी गर्न सकिन्छ अर्गानिक तरकारी खेति
नेपालीहरूले भारतबाट ल्याएका विषादीयुक्त तरकारी खानुपर्ने...
सबै पढौं
धरानका युवाले सुरु गरेको खाना खान सिकाउने अनौठो व्यवसाय 
प्रियङ्का पराजुली भन्छिन्, “अस्वस्थकर जीवनशैलीका कारण...
सबै पढौं

व्यवसाय गाइड

यसरी गर्नुहोस् प्याज खेति
प्याजको भाउ आकाशिएको खबर हामी सबैले...
सबै पढौं

अवसरहरु

सरकारले नि:शुल्क खेती तथा पशुपालन गर्न तालिम दिँदै नया

बाह्य अनुसन्धान महाशाखा, खुमलटार...

सरकारले नि:शुल्क सीप विकास तालिम दिँदै, यसरी दिनुहोस् आवेदन! नया

भैंसेपाटी, ललितपुरको व्यावसायिक तथा...

नेपालको पहिलो महिला टेम्पो ड्राइभर र सफल महिला उद्यमी...

लक्ष्मी शर्मा, ६८ बर्षको हुनुभयो तर पनि ३४ बर्ष अघि एउटा एकल आमाको रुपमा व्यावसाय सुरु गर्दाको बेला जत्तिकै उर्जाशील हुनुहुन्छ।

सबै पढौं

व्यवसायको प्रक्रिया

उद्यमी नेपालले व्यवसाय सुरु गर्न देखि व्यवसाय चलाउन चाहिने सम्पूर्ण जानकारी र सहयोग उपलब्ध गराउँछ ।

व्यवसाय गर्ने निश्चित प्रक्रिया हुन्छ। प्रत्येक व्यवसायिक चरणमा अपनाउनु पर्ने कुराहरूको जानकारी लिएर व्यवसाय गरे व्यवसायमा सफलता हात पार्न सकिन्छ । व्यवसाय गर्दा चाहिने यस्तै अतिआवश्यक जानकारीहरू तपाइले पाउन सक्नुहुन्छ ।

पहिलो चरण

व्यवसाय सुरु गर्ने सोचमा

कुनै पनि व्यवसाय सुरु गर्न निर्णय लिने प्रक्रिया एकदमै महत्वपूर्ण हुन्छ। यसमा कुन व्यवसाय गर्ने , कस्तो प्रकारको व्यवसाय, कति लगानीको व्यवसाय गर्ने, यो क्षेत्रमा अरू व्यवसायीहरू के गर्छन् आदि सुरुवाती अनुसन्धान र निर्णयहरू पर्छन्।

दोश्रो चरण

व्यवसायिक योजनाको निर्माण

यसमा व्यवसाय गर्ने निर्णय गरिसकेपछि, योजना बनाउने प्रक्रिया, योजनाको निर्माण,संचालन योजना, वित्तीय योजना, बजार योजना जस्ता योजनाहरूको निर्माण, योजना कार्वानयन गर्न चाहिने रूपरेखा आदि पर्छन् ।

तेश्रो चरण

सुरु गर्ने प्रक्रिया - लगानी कर्ताको खोजी

यसमा व्यवसाय गर्ने निर्णय गरिसकेपछि, कारोबार सुरु गर्न अपनाउनु पर्ने प्रक्रिया, लगानीकर्ता वा व्यवसायिक पार्टनरको खोजी, व्यवसायको थालनी, नयाँ व्यवसायको बजार व्यवस्थापन, आदिको जानकारी पर्छन्।

चौथो चरण

व्यवसाय दर्ता गर्ने प्रक्रिया

यसमा व्यवसाय दर्ता गर्ने प्रक्रिया, ध्यान दिनुपर्ने कुरा, दर्ता गर्दा पालना गर्नुपर्ने नियमहरू, करकर्जा लगायत कानुनी प्रावधानका कुराहरू पर्छन्।

पाँचौ चरण

संचालन भइरहेको व्यवसाय व्यवस्थापन गर्न

यसमा संचालन भइरहेको व्यवसायलाई संचालन गर्दा ध्यान दिनुपर्ने कुराहरू, व्यवसायामा सुचना प्रविधीको प्रयोग, दैनिक विचार पुर्याउनुपर्ने कुराहरू, व्यवसायका लागि नयाँ अवशरहरू, वित्तीय व्यवस्थापन तथा अनुपालन, मानव संसाधन, आदि पर्छन्।

छैठौँ चरण

व्यवसाय समापन अथवा व्यवसाय वृद्दिको रणनिती अपनाउन

यसमा व्यवसाय बढ्दै जाँदा लिनुपर्ने रणनिती, व्यवसाय बढ्दै जाँदाको व्यवस्थापन, अथवा व्यवसाय बन्द गर्नु पर्ने अवस्थाहरू पर्छन्।