Photo Source : Yara North America

बाह्य अनुसन्धान महाशाखा, खुमलटार ललितपुरबाट कृषि सम्बन्धी विभिन्न तालिम दिने भनेर सूचना प्रकाशित भएको छ। तालिमका बारेमा तपाईँहरूलाई समयमा नै सूचित गर्नका लागि हामीले यो लेख तयार पारेका हौँ। यदि तालिम लिन इच्छुक हुनुहुन्छ भने म्याद सकिनु भन्दा पहिला नै लिन मन लागेकोतालिमको विषय खुलाएर लेखेको निवेदन सम्बन्धित कार्यालयमा बुझाउनुहोला।

तालिम अवधिभर बस्ने सुविधा कार्यालयले नै दिन्छ।

कसले निवेदन दिन पाउँछन्?

इच्छुक उद्यमी कृषक तथा युवाहरूले दिन सक्छन्।

तालिमको विषय 

तालिम अवधि 

तालिम संचालन हुने महिना 

तालिम संचालन गर्ने कार्यालय 

सहभागीको सङ्ख्या 

संरक्षित तरकारी खेति तथा उद्यमशीलता 

१० दिन 

फाल्गुन दोस्रो हप्ता 

बाह्य अनुसन्धान महाशाखा, खुमलटार, ललितपुर 

फोन: ०१-५५४०८१७

२०

मध्य पहाडी क्षेत्रमा कृषि यान्त्रिकीकरण 

१० दिन 

पुस पहिलो हप्ता 

कृषि इन्जीनियरिङ महाशाखा, खुमलटार, ललितपुर 

फोन: ०१-५५२१३०७ 

२५ 

व्यावसायिक सुन्तला जात नर्सरी व्यवस्थापन 

१० दिन 

मङ्सिर तेस्रो हप्ता 

राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम, धनकुटा 

फोन: ०२६-६२०२३२

२०

व्यावसायिक बाख्रा पालन 

१५ दिन 

फाल्गुन तेस्रो हप्ता 

बाख्रा अनुसन्धान केन्द्र, बन्दीपुर, तनहुँ

फोन: ९८५१२०८८८८

२०

कफी नर्सरी तथा बगैँचा व्यवस्थापन 

७ दिन 

फाल्गुन पहिलो हप्ता 

कफी अनुसन्धान कार्यक्रम, गुल्मी 

फोन: ९८५७०६४१९१

२५

व्यावसायिक कुखुरा तथा बंगुर पालन 

१५ दिन 

फाल्गुन दोस्रो हप्ता 

क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, तरहरा, सुनसरी 

फोन: ०२५-४७६४६२

२५

व्यावसायिक अलैँची खेति 

७ दिन 

पुस दोस्रो हप्ता 

कृषि अनुसन्धान केन्द्र, पाख्रिबास, धनकुटा 

फोन: ०२६-४०५१११

१६

केके कागजात चाहिन्छ?

  • नागरिकताको फोटोकपि 
  • दुई वटा पासपोर्ट साइजको फोटो 
  • शैक्षिक योग्यताको प्रमाणपत्र 
  • पहिला कुनै तालिम लिएको भएमा सोको प्रमाणपत्र 

निवेदन बुझाउने अन्तिम मिति कहिले हो?

यहि मिति २०७६ मङ्सिर ९ गते भित्र बुझाइसक्नुपर्छ।

निवेदनको ढाँचा हेर्नुहोस्:

थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:

बाह्य अनुसन्धान महाशाखा, खुमलटार, ललितपुर: ०१-५५४०८१७

सूचना जस्ताको त्यस्तै हेर्नुहोस्:

0
0
0
s2sdefault

समाचार

माटो बिना नै यसरी गर्न सकिन्छ अर्गानिक तरकारी खेति
नेपालीहरूले भारतबाट ल्याएका विषादीयुक्त तरकारी खानुपर्ने...
सबै पढौं
धरानका युवाले सुरु गरेको खाना खान सिकाउने अनौठो व्यवसाय 
प्रियङ्का पराजुली भन्छिन्, “अस्वस्थकर जीवनशैलीका कारण...
सबै पढौं

व्यवसाय गाइड

यसरी गर्नुहोस् प्याज खेति
प्याजको भाउ आकाशिएको खबर हामी सबैले...
सबै पढौं

अवसरहरु

सरकारले नि:शुल्क खेती तथा पशुपालन गर्न तालिम दिँदै नया

बाह्य अनुसन्धान महाशाखा, खुमलटार...

सरकारले नि:शुल्क सीप विकास तालिम दिँदै, यसरी दिनुहोस् आवेदन! नया

भैंसेपाटी, ललितपुरको व्यावसायिक तथा...

नेपालको पहिलो महिला टेम्पो ड्राइभर र सफल महिला उद्यमी...

लक्ष्मी शर्मा, ६८ बर्षको हुनुभयो तर पनि ३४ बर्ष अघि एउटा एकल आमाको रुपमा व्यावसाय सुरु गर्दाको बेला जत्तिकै उर्जाशील हुनुहुन्छ।

सबै पढौं

व्यवसायको प्रक्रिया

उद्यमी नेपालले व्यवसाय सुरु गर्न देखि व्यवसाय चलाउन चाहिने सम्पूर्ण जानकारी र सहयोग उपलब्ध गराउँछ ।

व्यवसाय गर्ने निश्चित प्रक्रिया हुन्छ। प्रत्येक व्यवसायिक चरणमा अपनाउनु पर्ने कुराहरूको जानकारी लिएर व्यवसाय गरे व्यवसायमा सफलता हात पार्न सकिन्छ । व्यवसाय गर्दा चाहिने यस्तै अतिआवश्यक जानकारीहरू तपाइले पाउन सक्नुहुन्छ ।

पहिलो चरण

व्यवसाय सुरु गर्ने सोचमा

कुनै पनि व्यवसाय सुरु गर्न निर्णय लिने प्रक्रिया एकदमै महत्वपूर्ण हुन्छ। यसमा कुन व्यवसाय गर्ने , कस्तो प्रकारको व्यवसाय, कति लगानीको व्यवसाय गर्ने, यो क्षेत्रमा अरू व्यवसायीहरू के गर्छन् आदि सुरुवाती अनुसन्धान र निर्णयहरू पर्छन्।

दोश्रो चरण

व्यवसायिक योजनाको निर्माण

यसमा व्यवसाय गर्ने निर्णय गरिसकेपछि, योजना बनाउने प्रक्रिया, योजनाको निर्माण,संचालन योजना, वित्तीय योजना, बजार योजना जस्ता योजनाहरूको निर्माण, योजना कार्वानयन गर्न चाहिने रूपरेखा आदि पर्छन् ।

तेश्रो चरण

सुरु गर्ने प्रक्रिया - लगानी कर्ताको खोजी

यसमा व्यवसाय गर्ने निर्णय गरिसकेपछि, कारोबार सुरु गर्न अपनाउनु पर्ने प्रक्रिया, लगानीकर्ता वा व्यवसायिक पार्टनरको खोजी, व्यवसायको थालनी, नयाँ व्यवसायको बजार व्यवस्थापन, आदिको जानकारी पर्छन्।

चौथो चरण

व्यवसाय दर्ता गर्ने प्रक्रिया

यसमा व्यवसाय दर्ता गर्ने प्रक्रिया, ध्यान दिनुपर्ने कुरा, दर्ता गर्दा पालना गर्नुपर्ने नियमहरू, करकर्जा लगायत कानुनी प्रावधानका कुराहरू पर्छन्।

पाँचौ चरण

संचालन भइरहेको व्यवसाय व्यवस्थापन गर्न

यसमा संचालन भइरहेको व्यवसायलाई संचालन गर्दा ध्यान दिनुपर्ने कुराहरू, व्यवसायामा सुचना प्रविधीको प्रयोग, दैनिक विचार पुर्याउनुपर्ने कुराहरू, व्यवसायका लागि नयाँ अवशरहरू, वित्तीय व्यवस्थापन तथा अनुपालन, मानव संसाधन, आदि पर्छन्।

छैठौँ चरण

व्यवसाय समापन अथवा व्यवसाय वृद्दिको रणनिती अपनाउन

यसमा व्यवसाय बढ्दै जाँदा लिनुपर्ने रणनिती, व्यवसाय बढ्दै जाँदाको व्यवस्थापन, अथवा व्यवसाय बन्द गर्नु पर्ने अवस्थाहरू पर्छन्।