Photo Source : nayapage.com

नेपाली घरआगनमा दसैँ नजिकिँदै छ। आफूभन्दा सानालाई टिका लगाएर आशीर्वाद सँगसँगै दक्षिणा पनि दिइने यो चाडमा नयाँ तथा सुकिला नोटको माग धेरै हुन्छ। त्यसैले दसैँ आउनुभन्दा हप्ता दुई हप्ता अघि देखि नै नोट साट्नेहरूको भिँड बैङ्कमा देखिइसक्छ। नोट साट्नका लागि नेपाल राष्ट्र बैङ्कबाट हरेक वर्ष केही निश्चित ठाउँहरू तोकिएका हुन्छन्। यस वर्ष नोट कहाँ साट्न सकिन्छ भन्ने विषयमा जानकारी दिनका लागि हामीले यो लेख तयार पारेका छौँ।

कहिले देखि साट्न पाइन्छ?

नयाँ नोट असोज १० देखि साट्न पाइन्छ। राष्ट्र बैंकले असोज १० देखि १७ गतेसम्म नयाँ नोट वितरण गर्ने भएको छ।

कति रकमसम्म साट्न सकिन्छ?

प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म मात्र साट्न सकिन्छ। गएको वर्ष भने २७ हजार रुपैयाँ सम्म साट्न पाउने व्यवस्था थियो। 

कतिकति रुपैयाँका नोटहरू साट्न सकिन्छ?

रु.५, रु.१०, रु.२०, रु.५० र रु.१००का नोटहरू साट्न सकिन्छ।

नोट कहाँबाट साट्न सकिन्छ?

  • नेपाल राष्ट्र बैङ्कको कार्यालय
    • विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज, धनगढी

नेपाल राष्ट्र बैङ्कको नोटकोष रहेका राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र नेपाल बैङ्क लिमिटेडका सबै शाखा  कार्यालयहरूबाट नोट साट्न सकिन्छ। 

काठमाडौँ उपत्यकाभित्र हो भने कहाँ साट्ने?

काठमाडौँ उपत्यकामा भने नोट साट्न नेपाल राष्ट्र बैङ्क नै धाइराख्नु पर्दैन। निम्न ठाउँहरूमा गएर साट्न सकिन्छ:

  • नेपाल बैङ्क लिमिटेड, शाखा कार्यालयहरू : 

न्युरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखा

  • राष्ट्र वाणिज्य बैङ्क लिमिटेड, शाखा कार्यालयहरू:

 सिंहदरबार प्लाजा (केन्द्रीय कार्यालय), सिंहदरबार परिसर, टेकु, नयाँबानेश्वर, सानो ठिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा

  • कृषि विकास बैङ्क लिमिटेड, शाखा कार्यालयहरू:

 गौशाला, गट्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखा

साथै आफ्नो खाता भएका अन्य वाणिज्य बैङ्क, विकास बैङ्क तथा विकास संस्थाहरूबाट पनि नोट साट्न सकिनेछ। 

नोट: दक्षिणा दिँदा नोटमा रङ्ग लगाउने, लेख्ने, केरमेट गर्ने र नोटको आकार बिगार्ने काम नगरौं। 

नेपाल राष्ट्र बैङ्कले जारी गरेको सूचना जस्ताको त्यस्तै हेर्नुहोस्:

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल