Photo Source : Little Wonder

बाणगंगा नगरपालिका पशु सेवा शाखा, कपिलवस्तुको आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार यस पशु सेवा शाखाले ७० प्रतिशत अनुदानमा मोटर सहितको हेभि च्याफ कटर घाँस काट्ने मेसिन वितरण गर्ने भएको छ। उक्त शाखाबाट इच्छुक व्यावसायिक पशु पालक कृषक समूह, समिति, दूध उत्पादक सहकारी संस्थाहरूले समयमै आवेदन दिई अनुदान लिनका लागि अनुरोध गर्दै सूचना प्रकाशित गरिएको छ।

कसले आवेदन दिन पाउँछन्?

  • बाणगंगा नगरपालिका इच्छुक व्यावसायिक पशु पालक कृषक समूह, समिति, दूध उत्पादक सहकारी संस्थाहरूले

केके कागजात चाहिन्छ?

  • स्पष्ट रूपमा भरेको आवेदन फारम
  • कार्ययोजना
  • नेपाली नागरिकताको फोटोकपी
  • लालपुर्जाको फोटोकपी
  • तालिम, शैक्षिक योग्यता, अनुभवहरू प्रमाणित गर्ने कागजातको फोटोकपी
  • सम्बन्धित निकायमा दर्ता भएको र दर्ता नवीकरण भएको प्रमाण पत्र,
  • रु. ५००/- राजश्व तिरेको नगदी रसिद
  • कार्यक्रम छनौट भएपछि कार्यक्रम कार्यन्वयन गर्ने प्रतिबद्धता पत्र

निवेदन बुझाउने अन्तिम मिति कहिले हो?

  • यही मिति २०७५/११/१४ गते भित्र निवेदन बुझाउनुपर्छ

कहाँ सम्पर्क गर्ने?

सम्पर्क नम्बर: ०७१-५५०३८३

इमेल: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

वेबसाइट: www.bangangamun.gov.np  

नोट: प्राप्त निवेदनहरूका आवश्यक जाँचको आधारमा नगरपालिकाको बैठकबाट छनौट गरी ७० प्रतिशत बराबरको रकम अनुदानमा प्रदान गरिने छ।

सूचना जस्ताको त्यस्तै:

 

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल