नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार प्रवर्दन बोर्डको सचिवालयले विदेशबाट फर्किए उद्यम गर्न इच्छुक व्यक्तिहरूलाई चालु आर्थिक वर्ष २०७५/७६ मा रु.१० लाखसम्मको सरल ऋण दिने भएको छ। यदि तपाईँ इच्छुक हुनुहुन्छ भने आजै वैदेशिक रोजगार प्रवर्दन बोर्डको सचिवालयमा गएर निवेदन दिइहाल्नुहोस्।

के के कागजपत्र चाहिन्छ?

  • नागरिकता वा पासपोर्टको प्रतिलिपी
  • विदेशबाट फर्किएको हो भन्ने प्रमाण देखिने कागजपत्र

निवेदन कहाँ बुझाउनुपर्छ?

वैदेशिक रोजगार प्रवर्दन बोर्डको सचिवालयमा अथवा निवेदन सचिवालयको इमेल ठेगाना This email address is being protected from spambots. You need JavaScript enabled to view it. मा बुझाउन सकिन्छ।

निवेदन कहिलेसम्म बुझाउनुपर्छ?

२०७५ साल पुस महिनाभित्र वैदेशिक रोजगार प्रवर्दन बोर्डको सचिवालयभित्र आइपुग्ने गरी निवेदन बुझाउनुपर्छ।

सूचना जस्ताको त्यस्तै हेर्नुहोस्:

 थप जानकारीका लागि:

बोर्ड सचिवालयको वेबसाइट: www.fepb.gov.np

निवेदन सचिवालयको इमेल: This email address is being protected from spambots. You need JavaScript enabled to view it.

फोन नं: ०१-४१०५०६८, ४१०५०६२



0
0
0
s2sdefault

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img