बल्खु चोकबाट कालिमाटी जाने धुलाम्य बाटोको देब्रेतिर एउटा पहेंलै पोतिएको भवन देखिन्छ । चोकैको “राजधानी अस्पताल”को छेउमै रहेको त्यो पहेंलो घरलाईयल्लो प्लानेट”(Yellow Planet) भन्ने गरिएको छ । “यल्लो प्लानेट मल्टिप्रपोज कम्पनि”को नाममा दर्ता भएको उक्त कम्पनीले अहिले त्यहि ठाउँमा समानान्तर रुपमा चारओटा व्यवसाय सञ्चालन गर्दै आएको छ ।

बाहिरको धुलाम्मे सडकलाई हेर्दा भित्र त्यति व्यवस्थित र सफा वातावरणमा चिटिक्क पारेर रेस्टुरेन्ट, फास्टफुड, मिनी मार्ट र कार्गो, कुरियर अनि विमान टिकट गरि चार व्यवसायहरु धुमधाम चलिरहेका छन् भन्ने अड्कल कमैले लगाउँछन् ।

पुरै व्यवसाय सम्हालिरहेका CEO अमित खनाल भने आफ्नै कार्यकक्षमा सिसि क्यामेराले देखाइरहेको फुटेज स्क्रिनमा नियाल्दै व्यावसायिक महत्वका योजना बनाउने, महत्वपूर्ण मिटिंग गर्ने जस्ता काममा दिनभर ब्यस्त रहन्छन ।

हिजो आज ईन्जिन्यरिङ पढ्ने युवाहरु  धेरै कमाउने अनि आफ्नो र परिवारको इज्जत र सामाजिक हैसियत बनाउने सपना बोकेर नेपालबाट विभिन्न मुलुकमा जाने क्रम बढ्दो छ । तर त्यो भिड भन्दा फरक काठमाडौँ विश्वविद्यालयबाट इन्जिनिएरको डिग्री लिएका ३० वर्षीय अमितले आफ्नो व्यवस्थापन सम्बन्धि सिप वृद्धि गर्न काठमाडौँकै फिनिक्स कलेजबाट MBA सम्मको अध्ययन पुरा गरे । हाल उनि आफ्नो ज्ञान र सीपलाई नेपालमै प्रयोग गरिरहेका छन् भने युवा पिंढीका माझमा आफ्नो छुट्टै पहिचान बनाउँदै छन् । यल्लो प्लानेटको परिसर भित्र छिर्ने बित्तिकै व्यवसायमा त्यो फरकपन महसुस गर्न सकिन्छ।

हिजो आज किनमेल, खानपान र मनोरन्जनको लागि उनका पुस्ता काठमाडौँको हरेक कुनाबाट ठमेल, लाजिम्पाट, वानेश्वर वा त्यस्तै आधुनिक स्थान तिरै धाउने गरेको खनालले देखेका थिए । तर बल्खु वरपर युवाहरुले घुमफिर, मनोरञ्जन र किनमेल गर्ने धेरै ठाउँहरु थिएनन् । त्यसैले अमितले यस्तो व्यावसायको सम्भाव्यता बारे सर्वेक्षण नै गरे । सर्वेक्षणले सकारात्मक नतिजा दिए पछि उनले विविध अफरहरु  सहित रेस्टुरेन्ट, बार, लाउन्ज, क्यारियोकी(karaoke) जस्ता युवामाझ चर्चित रमाइलो गर्ने सुविधाहरु सहितको मनोरञ्जन स्थल स्थापना गरे ।

साथै स्वस्थकर उत्पादनका लागी प्रख्यात पतञ्जलीका सामग्री बेच्ने मिनी मार्ट अनि दैनिक खाजा खान पनि महँगो नपर्ने दरका सस्तो तर मीठो अनि स्वस्थकर फास्टफुड र स्ट्रिटफुड स्टल पनि त्यहि पहेंलै पोतिएको भवन भित्रै भुईतलामा राखिएको छ । त्यस्तै यात्राका लागि हवाई टिकट बुकिंग, कार्गो र कुरियर सेवा सबै एकैठाउँबाट दिएर बल्खु वरिपरिको क्षेत्रमा खड्किएका यी व्यावसायिक सेवा र मनोरञ्जनको सुविधा खनालको पहेंलपुर भवनले पूर्ति गरेको छ ।

रोचक पक्ष के छ भने उनका ग्राहकले हरेक पटक रेस्टुरेन्टमा खाएको बिल लिएसँगै एउटा कुपन पाउँछन् । त्यस्ता कुपन मासिक र वार्षिक रुपमा चिठ्ठामा समेटिन्छन् । चिठ्ठा अनुसार मासिक रुपमा पहिलो, दोस्रो र तेस्रो श्रेणीमा पर्नेले २००० देखि ५०० सम्म छुट पाउँछन् भने वार्षिक रुपमा चिठ्ठा पर्नेले थाइल्याण्ड घुम्न पाउँछन् ।

यो सुन्दा त सामान्य लाग्ला नै, तर रोचक पक्ष के छ भने उनका ग्राहकले हरेक पटक रेस्टुरेन्टमा खाएको बिल लिएसँगै एउटा कुपन पाउँछन् । त्यस्ता कुपन मासिक र वार्षिक रुपमा चिठ्ठामा समेटिन्छन् । चिठ्ठा अनुसार मासिक रुपमा पहिलो, दोस्रो र तेस्रो श्रेणीमा पर्नेले २००० देखि ५०० सम्म छुट पाउँछन् भने वार्षिक रुपमा चिठ्ठा पर्नेले थाइल्याण्ड घुम्न पाउँछन् ।

ग्राहकलाई सर्भिस चार्ज, भ्याट जस्ता अतिरिक्त शुल्कको भार नाबोकाई यस्ता चिठ्ठा समेत राखेर विशुद्ध मनोरञ्जनमा रम्न दिने उनको नौलो प्रयोग कम मूल्यमा धेरै मनोरञ्जन खोज्ने समस्त युवावर्गको ध्यान तान्न सक्षम त छ नै, यसले खनालको व्यावासायिक रचानात्मकता पनि स्पष्ट देखाएको छ ।

इन्जिनियरको प्राविधिक सीपमा दक्ष भएका उनी जागिरको खोजीमा हिंड्दा धेरै अफ्ठेरोहरु भोग्नु पर्यो । अरुको मातहतमा रहेर काम गर्दा उनले श्रमको सम्मान नभएको महसुस गर्थे । MBA गरेपछि पनि यो क्रम रोकिएन, जागिरमा उनलाई उकुसमुकुस हुन् थाल्यो, उनि छोटो-छोटो समयमा जागिर फेर्न थाले तर यसले समधान दिएन । अन्त्यमा उनि एक कम्पनीमा काम गर्न पुगे जहाँ व्यवसायसँगै कर्मचारीको पनि वृद्धि विकासमा सहयोग गर्ने गरिन्थियो, उनि आफैले महत्वपूर्ण निर्णय लिन सक्थे, आफ्नै गल्तिबाट सिक्न सक्थे र राम्रो काम गरे बापतको जस पनि आफैले पाउथे । यहिँबाट उनको जीवनले मोड लियो-  खनालको मनमा यस्तै वातावारण भएको आफ्नै व्यवसाय स्थापित गर्ने हुटहुटी पलायो । त्यहि हुटहुटीमा सहयात्री बनेर भेटिए रामप्रसाद कंडेल ।

बल्खुमै गाडीको सामान र लुब्रिकेन्ट विक्री गर्ने कम्पनि “गल्फ लुब्रिकेन्टस्”को नेपालको लागि आधिकारिक डिलरमा काम गर्दा कंडेलसँग उनको भेट भएको थियो । ३० वर्ष भन्दा लामो समय नेपालको लागि “गल्फ लुब्रिकेन्टस्” को डिलर सम्हालेका अनुभवी व्यक्तित्व सँगको भेट खनालका लागि आफ्नो व्यावसायिक सीप निखार्ने र सिक्ने ठुलो मौका बन्यो । कंडेल अहिले यल्लो प्लानेटका पनि MD हुन् र उनि यो सहित अरु व्यवसायहरुमा पनि MD पदमा छन्।

कंडेलसँग भेट नभएको भए अमितलाई “यल्लो प्लानेट” जस्तो बहुउद्देश्यीय कम्पनिमा लगानी गर्ने सोंचसम्म एक्लै पुग्न गाह्रै हुनेथियो । दुवैजनाको रचनात्मक विचारको मन्थन हुँदा परिष्कृत रुपमा अहिले बल्खुमा पहेंलपुर भवन सानले ठडिएर युवालक्षित मनोरञ्जनात्मक सुविधा दिइरहेको छ र बल्खु वरिपरिका युवालाई ठमेलका महंगा क्लब र बारमै जानपर्ने बाध्यता हटेको छ ।

अमित र रामप्रसाद भेटिएपछी बनेको व्यावसायिक योजना पनि सम्झन लायकको छ । जब मिलेर केहि गरौँ भन्ने दुवैलाई लाग्यो तब उनीहरुले बल्खुकै एरिया रोजे । धेरै खोजेपछि ब्यस्त चोकैमा पर्नेगरि एउटा घर भाडामा भेटियो । पाउनेबित्तिकै घर भाडामा लिईहालेर बल्खु र वारिपरि क्षेत्रका युवाको आवश्यकता के रहेको छ भन्नेबारे उनीहरुले सर्वेक्षण गरे । 

अन्त्यमा उनि एक कम्पनीमा काम गर्न पुगे जहाँ व्यवसायसँगै कर्मचारीको पनि वृद्धि विकासमा सहयोग गर्ने गरिन्थियो, उनि आफैले महत्वपूर्ण निर्णय लिन सक्थे, आफ्नै गल्तिबाट सिक्न सक्थे र राम्रो काम गरे बापतको जस पनि आफैले पाउथे । यहिँबाट उनको जीवनले मोड लियो-  खनालको मनमा यस्तै वातावारण भएको आफ्नै व्यवसाय स्थापित गर्ने हुटहुटी पलायो ।

सुविधाजनक मनोरञ्जनात्मक स्थलको कमि भएको युवाको गुनासोले उनीहरुलाई रेस्टुरेन्ट, बार, लाउन्ज, क्यारियोकी(karaoke), बल्खुको धुलो छलाएर खान मिल्ने स्ट्रिट फुड जस्ता मनोरञ्जनको सेवा बिक्रि गर्ने व्यवसाय खोल्न हौस्यायो । परिवारलाई पनि लक्षित गरेर मनोरञ्जन लिन मिल्ने गरि कुपन र चिठ्ठाको मसला थपेर रेस्टुरेन्ट अनि मिनी मार्ट पनि संगै खोल्ने योजना बन्यो ।

योजना बनाएर लगानीको निधो गरिसकेपछि सबै काम सुरु गर्नका लागि आवश्यक कामदार पनि उनीहरुले हातमा लिईहाले । व्यवसायले बस्तु र सेवाको उत्पादन नगर्दै उनीहरुले कामदारलाई व्यवसायमा जोडे । व्यवसाय बामे सरेको, उठ्दै हिंडेको र फस्टाएर ठुलो भएको सम्म प्रत्यक्ष्य देख्न पाएका कामदारले पनि खनालकै अपेक्षा अनुरुप आफ्नो सीप देखाइरहेका छन् अनि खनालले पनि कामदारलाई उस्तै खुसि राखेका छन् । आफ्नो ३० वर्षे जीवनभरको कमाईलाई हिम्मत गरेर लगानी गरेपछि १५ जना कामदारलाई रोजगारी दिंदै ४ जनालाई त खानबस्नकै सुविधा दिई साथै लिएर ३० वर्षका खनाल आज उदियमान युवा उद्यमीका रुपमा पहिचान बनाउँदै छन् ।

यसबाहेक Educational Theatre in Nepal नामक गैरसरकारी संस्थाको सल्लाहाकारको रुपमा पनि रहेका खनालले आफ्नो व्यवसायलाई सामाजिक सेवातर्फ पनि उन्मुख गराउने साथै स्वदेशमै अझै धेरै रोजगारीको अवसर सृजना गर्ने लक्ष्य लिएका छन् ।

स्थापनाको पहिलो वर्ष नबित्दै लगानी उठाईसक्ने उद्देश्यको नजिकै पुगिसकेका खनालको कथा स्वदेशमा सम्भावना नदेखी आफ्नो सीप र ज्ञान परदेशमै बेच्ने सपना बोकेर विश्वविद्यालय धाउने प्रवृत्तिका आजका युवालाई गतिलो पाठ पनि पक्कै बन्छ ।

 

 

 

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल