चाहे जुनसुकै मन्दिरमा जाँदा किन नहोस् सधैजसो मन्दिरको बाहिर कोही न कोही पूजा सामग्री लिएर बेचिरहेको देख्न सकिन्छ। थोरै लगानीमा सुरुवात गर्न सकिने यस्तो व्यवसाय धेरैको लागि सामान्य घरखर्च उठाउन निकै सहयोगी बन्दै आएको छ, भने कतिपयले त निकै राम्रो आम्दानी गर्ने गरेको पनि सुनिन्छ। उद्यमी नेपालको टिमले ललितपुरको बङ्गलामुखी मन्दिरको ढोकामा पूजा सामग्री बेच्न बसेकी महिलासँग गरेको कुराकानीका आधारमा यो लेख तयार पारिएको हो।

लगभग ५० वर्ष लागेकी सरस्वती, हरेक दिन मन्दिरको ढोका बाहिर राखेको छाप्रोमा बसेर पूजा सामग्रीहरू बेच्ने गर्छिन्। त्यहाँ उनी जस्तै पूजा सामग्री बेच्ने व्यवसायीहरुको समूह नै छ। पढ्ने अवसर नपाए पनि सामान्य हिसाब गर्न जान्ने उनीले यो पसल थापेर जिविकोपार्जन गर्न थालेको आज आठ वर्ष भईसक्यो। उनी कालीमाटिबाट किनेर ल्याएको धुप, नरिवल, फूल, बत्ती, जनै-सुपारी, अबिर आदि प्लास्टिकको सानोबोटामा राखेर सबेरै मन्दिर अगाडी बस्छिन् र भक्तजनहरुलाई मिठो मुस्कान सहित दिनभरि बेचेर साँझ घर फर्कीन्छिन्।

 सरस्वती भन्छिन् “व्यवसाय राम्ररी चल्नको लागि भाग्य बलियो हुनुपर्छ,  भाग्य चल्यो भने सातै दिनव्यापार चल्छ तर कहिले भने केही व्यापार हुँदैन।”

सामान्य अवस्थामा पनि दैनिक जसो करिव १०० जानाको हाराहारीमा भक्तजनहरु बङ्गलामुखी मन्दिरमा दर्शन गर्न आउने गर्दछन्। विशेष गरी बिहीबारको दिन यहाँ भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ, त्यसदिन सरस्वतीको ब्यापार पनि राम्रो हुने गर्छ। त्यसै गरेर जनाई पूर्णिमाको दिन मन्दिरमा ठुलो मेला लाग्ने हुँदा सरस्वतीसँगै त्यसबेला यहाँका पुजा सामग्री बेच्ने सबैजसो व्यावसायीहरुले राम्रो आम्दानी गर्ने गरेका छन्।

स्थानीय नेवार समुदायकी उनले नेवारी भाषा मै भनिन् “यो काम गरेर धेरै पैसा कमाउन त गार्हो नै हुन्छ तर आफ्नो घर खर्च उठाउन भने मज्जाले सकिन्छ । त्यसमाथि झन् काठमाडौँ त मन्दिरै मन्दिरको सहर हो, अरू केही व्यवसाय गर्न नजाने पनि मन्दिर अगाडी बसेर डालोमा केही पूजा सामग्री राखेर बेच्न कसैले नसक्ने भन्ने नै छैन नि ।”

धेरै पढाई आवश्यकता नपर्ने र गाह्रो सिप सिकिराख्नु नपर्ने यस्तो व्यावसाय सरस्वतीको लागि मात्रै नभई नेपालमै केहि गरौँ भन्नेहरुको लागि राम्रो अवसर हुनसक्ने देखिन्छ ।

0
0
0
s2sdefault

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img