Photo Source : F-SKILL

गण्डकी ट्रेनिङ सेन्टर प्रा.लि, कास्की, पोखराबाट व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराको सहकार्यमा प्लम्बीङ्गको नि:शुल्क तालिम सञ्चालन हुने भएको छ। उक्त ट्रेनिङ सेन्टरबाट सबै इच्छुक व्यक्तिहरूलाई समयमा नै निवेदन बुझाइ तालिम लिनका लागि अनुरोध गरिएको छ। सहभागीहरू अन्तर्वार्ता मार्फत छनौट हुनेछन्।

कसले तालिम लिन पाउँछन्?

  • कम्तीमा कक्षा ८ उत्तीर्ण गरी १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका सम्पूर्ण नेपाली नागरिकहरूले पाउँछन्

तालिम कति जनालाई दिइन्छ?

  • उक्त तालिम २० जनालाई दिइनेछ

केके कागजातहरू चाहिन्छ?

  • रु. १० को टिकट टाँसिएको आवेदन फारम
  • शैक्षिक योग्यताको प्रमाण पत्रको फोटोकपी
  • नेपाली नागरिकताको फोटोकपी

अन्तर्वार्ता मिति कहिले हो?

  • यही मिति २०७६/०१/०३ गते बिहान १० बजे अन्तर्वार्ता लिइनेछ

अन्तर्वार्ताको नतिजा कहिले प्रकाशन हुन्छ?

  • अन्तर्वार्ताको नतिजा यही मिति २०७६/०१/०३ गते दिउँसो १ बजे प्रकाशन हुनेछ

तालिम कहिलेबाट हुनेछ?

  • तालिमको कक्षा २०७६/०१/०४ गते देखि हुनेछ

तालिम कति अवधिको हुनेछ?

  • तालिम ३ महिना अर्थात् ३९० घण्टाको हुनेछ

फारम बुझाउने अन्तिम मिति कहिले हो?

  • फारम यही मिति २०७६/०१/०२ गते भित्र बुझाइसक्नुपर्छ

नोट:

  • अन्तर्वार्तामा उपस्थित हुँदा पेस गरिएको प्रमाणहरूको सक्कली प्रति साथमा लिई आउनुपर्नेछ
  • सहिद परिवार, दलित, अपाङ्ग, विपन्न, मधेसी, एकल महिला, द्वन्द्व पीडित वा त्यस्तै प्रकृतिका उमेद्वारलाई विशेष प्राथमिकता दिइने छ
  • आवेदन दस्तुर रु.१५/- र भर्ना दस्तुर रु.२००/- लाग्नेछ

कहाँ सम्पर्क गर्ने?

गण्डकी ट्रेनिङ सेन्टर प्रा.लि, कास्की, पोखरा: ९८४६३२४४३२, ९८२५१९२५८५

सूचना जस्ताको त्यस्तै:

 

0
0
0
s2sdefault

उद्यमी नेपालको फेसबुक !

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img