Photo Source : ECS Nepal

राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र, त्रिपुरेश्वोर, काठमाडौँको आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न सीपमूलक तालिमहरू सञ्चालन हुन गइरहेको छ। उक्त केन्द्रबाट इच्छुक नेपाली नागरिकहरूलाई समयमा नै निवेदन फारम बुझाइ तालिम लिनका लागि अनुरोध गरिएको छ।

कसले निवेदन दिन पाउँछन्?

  • आवश्यकता अनुसारको शैक्षिक योग्यता भएका नेपाली नागरिकहरूले पाउँछन्।

केके विषयमा तालिम दिइनेछ?

सि.न

    तालिमको विवरण

तालिम अवधि

   योग्यता

परीक्षाको किसिम

      स्थान

क.

सीप अभिबृद्दी तालिम (एडभान्स)

       

१.

प्याट्रन सिलाई कटाइ (एडभान्स)

३ महिना

तीन महिना बेसिक सिलाईको तालिम प्राप्त

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर

२.

फेसन डिजाईन

३ महिना

६ महिना बेसिक र एडभान्स सिलाईको तालिम प्राप्त

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर

ख.

सीपमुलक तालिम (बेसिक)

       

१.

प्याट्रन सिलाई कटाइ (बेसिक)

३ महिना

साधारण लेखपढ

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर

२.

हाते ईम्ब्रोइडरी

३ महिना

साधारण लेखपढ

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर

३.

मेसिन ईम्ब्रोइडरी

३ महिना

साधारण लेखपढ

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर

४.

मखमल जुत्ता

२ महिना

साधारण लेखपढ

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर

५.

डल बनाउने

१ महिना

साधारण लेखपढ

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर

६.

बेकरी उत्पादन

१५ दिन

साधारण लेखपढ

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर

७.

खाद्य प्रशोधन

१० दिन

साधारण लेखपढ

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर

८.

कागज वस्तु र स्क्रिन प्रिन्ट

१ महिना

साधारण लेखपढ

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर

९.

हाउस वायरिङ

३ महिना

१० कक्षा उत्तीर्ण

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर र भक्तपुर शाखा

१०.

क्रिस्टल सामाग्री उत्पादन

१ महिना

१० कक्षा उत्तीर्ण

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर

११.

रबरमोल्ड र रेग्जीन वस्तु उत्पादन

१५ दिन

साधारण लेखपढ

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर र भक्तपुर शाखा

१२.

हाते कागज र फेल्ट वस्तु उत्पादन

१ महिना

साधारण लेखपढ

अन्तरवार्ता

केन्द्र, त्रिपुरेश्वोर

नोट:

  • तालिममा सहभागी छनौट गर्दा महिला, मधेशी, अपाङ्ग, द्वन्दपीडित, दलित, जनजाति, सहिदका परिवार र पिछडिएका वर्ग तथा क्षेत्रका व्यक्तिहरु र एडभान्स तालिमको हकमा बेसिक तालिम प्राप्त गरि आय आर्जनमा संलग्न भएका व्यक्तिहरुलाई विशेष प्राथमिकता दिइनेछ
  • उपयुक्त सङ्ख्यामा आवेदन प्राप्त नभएमा वा अन्य कारणबाट तालिम संचालन हुन नसक्ने भएमा कार्यक्रम रद्द वा परिवर्तन गर्न सकिनेछ
  • आवश्यक परेमा प्रशिक्षार्थी छनौट गर्दा लिखित परीक्षा समेत लिन सकिने छ
  • तालिम अवधिभर अनुशासित भै क्रियाकलापमा सहभागी हुन अनिवार्य शर्त हुनेछ
  • पशिक्षार्थीले कुनै प्रकारको भत्ता पाउने छैन
  • माथि उल्लेखित तालिम प्राप्त गरेका सफल प्रशिक्षार्थीहरुले ७ दिने उद्यमशीलता विकास तालिमका लागि समेत आव्हान दिन सक्नेछन्

निवेदन बुझाउने अन्तिम मिति कहिले हो?

यही मिति २०७५/१२/१३ गते भित्रमा निवेदन बुझाइसक्नुपर्छ।

निवेदन कहाँबाट लिने र कहाँ बुझाउने?

तालिमका लागि निवेदन राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र, त्रिपुरेश्वर, काठमाडौँबाट लिन र उक्त केन्द्रमा नै बुझाउन सकिन्छ।

कहाँ सम्पर्क गर्ने?

राष्ट्रिय लघु, घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र, त्रिपुरेश्वर, काठमाडौँ : ०१-४२६१७६२, ०१-४२५१५३८, ०१-४२६५३१२

सूचना जस्ताको त्यस्तै:



0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल