Photo Source : ABS-CBN News

नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद्ले विगत वर्षहरूमा जस्तै यस वर्ष पनि युवा उद्यम कार्यक्रम सञ्चालन गर्ने भएको छ। उक्त परिषद्बाट इच्छुक युवाको समूह वा संस्थालाई आफ्नो व्यावसायिक उद्यम प्रस्ताव सहित निवेदन बुझाइ तालिम लिन अनुरोध गरी सूचना प्रकाशित गरिएको छ।

कस्ता तालिमहरू दिइनेछन्?

१) व्यावसायिक तरकारी खेतीको साथमा च्याउ खेती

२) कुखुरा पालन तालिमको साथमा हाँस, टर्की तथा बट्टाईपालन

३) व्यावसायिक पशुपालन (गाई, भैँसी, बाख्रा, सुङुर, खरायो)

क-कसले निवेदन दिन पाउँछन्?

कम्तीमा कक्षा ८ उत्तीर्ण गरेका १६ देखि ४० वर्ष उमेर समूहका युवा समूह वा संस्थाहरूले

के के कागजात चाहिन्छ?

  • स्पष्ट रूपमा भरिएको निवेदन फारम
  • सम्बन्धित निकायमा संस्था दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको फोटोकपी
  • ५ वर्षे व्यावसायिक योजना (Business plan)
  • व्यावसायिक उद्यम सञ्चालन गर्न समूहका सबै सदस्यहरूको नागरिकताको फोटोकपी
  • कम्तीमा कक्षा ८ उत्तीर्ण भएको प्रमाणपत्रको फोटोकपी
  • समूह बैठकले गरेको निर्णयको फोटोकपी
  • कुनै उद्यमशीलता वा सीप विकास तालिम लिएको भए त्यसको प्रमाणपत्रको फोटोकपी

तालिम कति दिनको हुन्छ?

तालिम ७ दिनको हुन्छ

निवेदन बुझाउने अन्तिम मिति कहिले हो?

यही मिति २०७५/१०/१० गते भित्रमा निवेदन बुझाइसक्नु पर्छ

नोट:

  • उद्यमशीलता वा सीप विकास सम्बन्धी कम्तीमा ७ दिनको तालिम लिएका युवालाई प्राथमिकता दिइने छ
  • १६ देखि ४० वर्ष उमेर समूहका कम्तीमा ५ देखि १० जना बेरोजगार युवा (५० प्रतिशत महिला अनिवार्य) को समूह/संस्था हुनुपर्ने छ।
  • युवा उद्यम प्रस्ताव फाइल हुलाक द्रुत सेवा वा व्यक्तिबाट पठाउन सकिनेछ साथै परिषद्को इमेल This email address is being protected from spambots. You need JavaScript enabled to view it. मा अनलाइन पनि पठाउन सकिनेछ।
  • तालिम शुल्क न्यूनतम हुनेछ र तालिम को प्रमाणपत्र प्रदान गरिने छ ।

तालिम कहाँ हुन्छ?

स्कुल अफ एप्लाइड साइन्स एन्ड टेक्नोलोजी( School of Applied Science & Technology), बालाजु-१६, काठमाडौँ (गङ्गा हल, होली गार्डेन बोर्डिङ स्कुलको पछाडि)

फोन नं: ९८२४०२९६८८, ९८६०९४७२७६, ९८०८३६७८०१

कहाँ सम्पर्क गर्ने?

नेपाल सरकार राष्ट्रिय युवा परिषद्: ६६३१२७६, ६६३१३७२

सूचना जस्ताको त्यस्तै:

0
0
0
s2sdefault

उद्यमी नेपालको फेसबुक !

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img