प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, प्रदेश नं ३, गजुरी, धादिङद्वारा ३ महिने नि:शुल्क हाउस वायरिङ् र मोबाइल मर्मत तालिम सञ्चालन हुने भएको छ। बेरोजगार युवाहरूलाई केन्द्रित गरी सञ्चालन हुन लागेको उक्त तालिममा सहभागी हुनका लागि आवश्यक कागजातसहित निवेदन बुझाउन सूचना प्रकाशित गरिएको छ। सहभागी अन्तर्वार्ताद्वारा छनौट गरिने छ।
क-कसले निवेदन दिन पाउँछन्?
- १६ वर्ष उमेर पुरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकहरूले
- हाउस वायरिङ्तर्फ हो भने ८ कक्षा पास हुनु पर्नेछ
- मोबाइलमर्मततर्फ हो भने कक्षा १० पास हुनु पर्नेछ
निवेदन फारम कहाँबाट लिने?
निवेदन फारम व्यावसायिक तथा सीप विकास तालिम केन्द्रको कार्यालय, धादिङको गजुरीबाट लिन सकिन्छ।
कहाँ समपर्क गर्ने?
फोन: ०१०-४०२०५३, ९८४१२७२८०६, ९८६०५५८७८२
के के कागजात चाहिन्छ?
- नेपाली नागरिकताको फोटोकपी
- शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपी
- पासपोर्ट साइजको ४ वटा फोटोहरू
निवेदन कहिलेसम्म बुझाउनुपर्छ?
येही मिति २०७५/०८/२७ गतेसम्ममा निवेदन बुझाइसक्नुपर्छ ।
अन्तर्वार्ता कहिले हुन्छ?
येही मिति २०७५/०९/०२ गते अन्तर्वार्ता हुनेछ।
तालिम कहाँ सञ्चालन हुन्छ?
उक्त तालिम व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, गजुरी गाउँपालिका-१ को हलमा सञ्चालन हुनेछ।
सूचना जस्ताको त्यस्तै: