आफ्नो व्यवसायलाई सामाजिक सञ्जालबाट कसरी ब्यापक बनाउने ?

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

व्यापार व्यवसायलाई अगाडी बढाउन त्यसलाई प्रबर्धन पनि गर्न सक्नुपर्छ। अचेल त विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर पनि आफ्नो व्यवसायलाई प्रवर्धन गर्न सकिन्छ । फेसबुक, ट्वीटर जस्ता विभिन्न सञ्जालको प्रयोग गरेर आफ्नो व्यापार व्यवसायलाई प्रबर्धन गर्न सकिन्छ।

व्यवसायको आफ्नै खाता खोल्नुहोस: सामाजिक सञ्जालमा व्यव्यसायको नामबाट खाता सञ्चालन गर्नुहोस् । व्यक्तिगत प्रोफाइल भन्दा व्यावसायिक प्रोफाइल बनाउँदा ग्राहकहरूलाई सजिलै आकर्षित गर्न सकिन्छ ।  

नियमित अपडेट गर्नुहोस् : सामाजिक सञ्जालमा नियमित अपडेट गर्नुहोस् । आफ्नो बस्तु, उत्पादन सेवा आदिको जानकारी राखेर नियमित अपडेट गर्नुहोस् । तर ध्यान दिनुहोस, अपडेट गर्दा दिनमा ५ देखि ६ वटा पोस्टमा सीमित गर्नुहोस्

रचनात्मक बन्नुहोस : सामाजिक सञ्जालमा पोस्त् गर्दा जति सक्दो रचनात्मक भए फाइदा हुन्छ । भन्नाको मतलब सामाजिक सञ्जालमा प्रशं उत्तर सोध्ने?, रचनात्मक शैलीमा आफ्नो सामानको प्रचार गर्ने,फोटो वा भिडियोको प्रयोग गर्ने गर्नुपर्छ ।  अचेल त लाइभ भिडियो गरेर पनि दर्शकलाई आकर्षित गर्न सकिन्छ ।

अनलाइन अर्डर लिनुहोस् : तपाइको व्यवसायलाई प्रवर्दन गर्न , ग्राहकको अर्डर सामाजिक सञ्जालबाटै लिन सकिने व्यवस्था मिलाउनु भयो भने तपाइको पसल, व्यवसाय भएको स्थानमै ग्राहक नआएपनि ग्राहकले तपाइको उत्पादन किनमेल गर्न सक्छन् ।

प्रतिक्रिया लिनुहोस् र जवाफ नियमित दिनुहोस : आफ्नो सामानको, व्यवसायको प्रतिक्रिया सामाजिक सञ्जालमार्फत लिनुहोस् , र सामाजिक सञ्जालमा आएका मेसेजहरूलाई सकेसम्म छिटो उत्तर दिनुहोस । यसरी ग्राहाकहरूसँग निरन्तर सम्पर्कमा बस्नाले ग्राहकहरूलाइ आकर्षित गर्न सकिन्छ ।

पेड प्रमोसन ( पैसा तिरेर प्रबर्दन गर्ने तरिका ): तपाईँलाई आफ्नो पेजमा नयाँ फलोवरहरू ल्याउन मन छ, अझ धेरै माझ आफ्नो पेज पुगोस भन्ने चाहानुहुन्छ भने पैसा तिरेर प्रमोसन पनि गर्न सकिन्छ ।  यसरी गर्दा आफूले खोजेको जस्तो उमेर समूह, स्थान आदिको लागि छुट्याएर नै पनि गर्न सकिन्छ ।

यसरी विभिन्न उपाय लगाएर सामाजिक सञ्जालमा आफ्नो व्यवसाय प्रबर्दन गरेमा धेरै भन्दा धेरै ग्राहक आकर्षित गर्न सकिन्छ ।  

 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।