व्यवसाय भुक्तानी र बिजिकरण

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

जुनसुकै व्यवसायमा पनि ग्राहक (क्रेता) लाई सेवा तथा उत्पादन बिक्री गरेपछि रकम भुक्तानीवापत बिक्रेताले ग्राहकलाई दिने प्रमाण वा निस्सा नै बिजक वा बिल हो। यसरी भुक्तानीपछि बिल दिने कामलाई बिजिकरण भनिन्छ। 

कानूनी मान्यता भएको हरेक व्यवसायले ग्राहकलाई अनिवार्यरुपमा बिल दिनु पर्दछ। यो बिक्रेताको कर्तव्य र ग्राहकको अधिकार हो। बिल जारी नगरी सेवा तथा उत्पादनको बेचबिखन गर्नु गैर कानूनी कार्य मानिन्छ। 

बिलले दर्ता भएको व्यवसायको कारोबारलाई प्रमाणित गर्दछ। प्रत्येक बजिकमा न्यूनतम तीन प्रति हुनुपर्छ। पहिलो प्रति जसमा कर बिजक उल्लेख हुन्छ, खरिदकर्तालाई दिइन्छ। दोस्रो प्रति कर प्रशासनले मागेको बखत उपलब्ध गराउने गरी दर्ता भएको व्यक्तिले अभिलेखमा राख्दछ।

 तेस्रोप्रति दर्ता भएको व्यक्तिले आफ्नो कारोबारको लेखाङ्गकनका लागि राख्दछ। यसै तेस्रो प्रतिको माध्यमबाट करदाताले आफ्नो बिक्री खाता प्रविष्ट गर्ने र लेखा राख्ने गर्दछ। 

बिल सम्बन्धमा थाहा पाउनुपर्ने कुराहरू:  

  • सेवा दिए वा लिएपछि अनिवार्यरुपमा बिल दिने वा लिने गर्नुहोस्।
  • विलमा स्पष्टसँग अर्थात् केरमेट नगरी मिति, विवरण, रकम आदि भर्नुहोस्।
  • बिलहरूलाई फाइलिङ् गरी दुरुस्त राख्नुहोस्।
  • कारोबार सम्बन्धमा झनुपर्ने केही महत्त्वपूर्ण कुरा भएमा बिलको पछाडिपट्टि स्पष्टरुपमा उल्लेख गर्नुहोस्।
  • बिलमा भएको कारोबारलाई सम्बन्धित खातामा तुरुन्तै पोष्टिङ् (प्रविष्टि)गर्नुहोस्।

 

                         कर बिल (बिजक) को नमूना :  

############################################

                                                    (व्यवसायको नाम)                   

                                                                        दर्ता नम्बर: ………

बिजक (बिल) नम्बर: ………….                 कारोबार मिति: …………………..

बिक्रेताको करदाता नम्बर: …………………. 

बिक्रेताको नाम: ……………………….

ठेगाना: …………………..

क्रेताको नाम:

ठेगाना: ………………………….

भुक्तानीको तरिका: नगद/चेक

 

क्र.सं. विवरण परिमाण प्रति एकाइ मूल्य रु. जम्मा कुल रु.
……………………………………..प्रतिशतले छुट
            करलाग्ने मूल्य/रकम
……………………..प्रतिशतले कर 
      जम्मा रकम
अक्षरमाः …………………………

…………………………………… 

        ……………………….. 

        बिजक दिनेको हस्ताक्षर 

कर बिजकका विभिन्न ढाँचाहरू हुन सक्दछन्, तथापि बिजकमा सेवा लिने/दिनेको नाम, ठेगाना र करदाता सेवा नम्बर, बिजक जारी गरेको मिति, सेवाको विवरण, परिमाण, प्रति इकाई र जम्मा रकम, कर लाग्ने रकम र जारी गर्नेको हस्ताक्षर अनिवार्य हुनु पर्दछ र व्यवसायको छाप अनिवार्य लगाएको हुनु पर्दछ। 

 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।