कम्पनीको हिसाब किताब, लेखा सम्बन्धी नियम र प्रावधानहरु

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएका कम्पनीहरूले हिसाब किताब सम्बन्धी निम्न बमोजिमका  नियमहरू पालना गर्नुपर्छ।

कम्पनीको हिसाव किताब र लेखा (दफा १०८ र १०९ )

  • कम्पनीले आफ्नो लेखा नेपाली वा अंग्रेजी भाषामा रीतपूर्वक राख्नु पर्नेछ।
  • उक्तबमोजिम राखिने लेखा दोहोरो लेखाप्रणालीमा आधारित र कम्पनीको कारोबारको यथार्थ स्थिति स्पष्ट रुपमा प्रतिविम्वित हुने गरी प्रचलित कानून अनुसार अधिकारप्राप्त निकायले लागू गरेको लेखामान -एकाउन्टीङ्ग स्ट्यार्न्र्डड) र यस ऐन बमोजिम पालना गर्नुपर्ने अन्य शर्त तथा व्यवस्था अनुरुप राख्नु पर्नेछ।
  • कार्यालयले स्वीकृति दिएकोमा बाहेक कम्पनीको लेखा कम्पनीको रजिष्र्टड कार्यालय बाहेक अन्यत्र राख्न सकिने छैन।
  • कम्पनीको सञ्चालक समितिले तोकिदिएको रकम बाहेक कम्पनीसँग रहेको नगद मौज्दात बैंकमा दाखिल गरी बैंक मार्फ नै कारोबार गर्नुपर्ने छ।

पब्लिक कम्पनीको सञ्चालक समितिले प्रत्येक वर्ष वाषिर्क साधारण सभा हुनु भन्दा कम्तीमा तीस दिन अगावै र प्राइभेट कम्पनीको हकमा आर्थिक वर्षसमाप्त भएको छ महिनाभित्र तोकिएको ढाचामा देहाय बमोजिमको वाषिर्क आर्थिक विवरण तयार गर्नु पर्नेछ :

(क) आर्थिक वर्षको अन्तिम मितिको वासलात (ब्यालेन्स सिट)

(ख) आर्थिक वर्षको नाफा नोक्सानीको हिसाब (प्रोफिट एण्ड लस एकाउन्ट)

(ग) आर्थिक वर्षको नगद प्रवाहको विवरण (क्यास फ्लो)

यसरी तयार गरिने आर्थिक विवरण कम्पनी ऐनको दफा १०९ मा उल्लेखित बुंदाहरुबाट निर्देशित हुनुपर्छ ।

  • कम्पनीको प्रत्येक वर्षको हिसाव-किताव रजिष्र्टड लेखा परिक्षकबाट लेखापरिक्षण गराउनु पर्ने र निजबाट प्रस्तुत हुने लेखा प्रतिवेदनलाइ वाषिर्क साधारणबाट अनुमोदन गर्राई त्यसको निर्णय सहित लेखा परिक्षण प्रतिवेदन कम्पनी रजिष्टारको कार्यालयमा पेश गर्नु पर्दछ ।

लेखापरीक्षकको व्यवस्था (दफा ११० , १११ र १६४)

  • कम्पनीले आफ्नो वाषिर्क कारोवारको लेखा परीक्षण गराउन लेखापरीक्षक नियुक्ति गर्नु पर्दछ।
  • यसरी नियुक्त हुने लेखापरीक्षक प्रचलित कानून बमोजिम दर्ता भएका वा प्रमाणपत्र प्राप्त लेखा परिक्षकहरु मध्येबाट पव्लिक लिमिटेड कम्पनीको हकमा कम्पनी ऐन,२०६३ को दफा १८ को अधिनमा रही साधारण सभाले र प्राइभेट लिमिटेड कम्पनीको हकमा प्रवन्ध-पत्र, नियमावली वा र्सवसम्मत सम्झौतामा व्यवस्था भए वमोजिम र सो नभएमा साधारण सभाले नियुक्त गरी १५ दिनभित्र निजको नाम कार्यालयमा पठाउनु पर्नेछ । लेखापरीक्षकको पारिश्रमिक नियुक्तिकर्ताले तोकेबमोजिम हुनेछ।
  • लेखा परीक्षणको सिलसिलामा लेखा-परीक्षकले माग गरेका हिसाव किताव र लेखा निजलाई उपलव्ध गराउनुको साथै निजले मागेको कैफियत सम्बन्धी सबै जवाफ दिनु कम्पनीको संचालक तथा कर्मचारीहरुको कर्तव्य हुनेछ।
  •  ३ करोड वा सो भन्दा बढी चुक्ता पूजी भएका सुचिकृत कम्पनी वा नेपाल सरकारको पूर्ण वा आंसिक स्वामित्व भएका कम्पनीले कम्पनीको दैनिक कार्य सञ्चालन वा व्यवस्थापनमा संलग्न नरहेको सञ्चालनको अध्यक्षतामा, कम्तीमा ३ जना सदस्य रहेको एक लेखा परिक्षण समीति गठन गर्नु पर्दछ। उक्त समीतिमा कम्तीमा १ जना सदस्य लेखा सम्बन्धि व्यवसायिक प्रमाणपत्र प्राप्त अनुभवी वा लेखा, वाणिज्य, व्यवस्थापन, वित्त वा अर्थशास्त्रबाट कम्तीमा स्नातकको उपाधि प्राप्त गरी लेखा तथा वित्तिय क्षेत्रमा अनुभव प्राप्त व्यक्ति हुनुपर्ने छ।

स्रोत : कम्पनी रजिस्ट्रारको कार्यालय

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।