तलब र शर्त

पछिल्लो अपडेट गरिएको: माघ २१, २०७८

कर्मचारीलाई काम बापत दिइने पैसा तलब हो। काम गरे पछि काम गर्ने मानिसले तलब पाउनु पर्दछ। जीवन निर्वाह अर्थात खान ,लाउन,आवासको व्यवस्था गर्न, बालबच्चाहरु पढाउन, औषधोपचार  आदि जीवनका विभिन्न आवश्यकताहरु पूरा गर्न तलबको महत्व छ।आफ्नो आर्थिक उन्नतिको लागि पनि तलबले ठूलो टेवा पुर्याउँछ । आफ्नो कामको प्रकृतिको आधारमा काम दिने र काम गर्ने दुबै पक्ष बीच सहमति भई तलब तोकिएको हुन्छ।तलब निर्धारण गर्दा संस्थाको स्तर,आर्थिक अवस्था अर्थात आम्दानीको स्थिति,कर्मचारीको काम गर्ने क्षमता र उसले काम गर्नुपर्ने समय आदिलाई आधार मानिएको हुन्छ।तलब वा सेवा सुविधाका शर्तहरु कर्मचारी नियुक्त गर्दा नै लिखित रुपमा स्पष्ट उल्लेख गर्नुपर्दछ। 

कर्मचारी भर्ती वा नियुक्ति गर्दा तोकिएको सेवा तथा शर्तका आधारमा तलब दिनुपर्दछ । सामान्यतया तलब महिना …महिनामा दिने गरिन्छ । तलब दिँदा सञ्चित कोष वा अन्य कोषहरुको व्यवस्था गरिएको भएमा सो अनुसार कोषहरु कट्टी गरी तलब दिनु पर्दछ । तलब नगदै वा सम्वन्धित कर्मचारीको बैक खातामा जम्मा गरिदिनु पर्दछ । तलब दिएपछि सोको भरपाई गर्नुपर्दछ र त्यसको रेकर्ड दुरुस्त राख्नुपर्दछ। 

तलब तथा अन्य सेवा सुविधा सम्वन्धमा व्यवसायिक फर्म वा कम्पनीले अनिवार्य रुपमा कर्मचारी सेवा नियमावली बनाउनु पर्दछ।सो नियमावलीका आधारमा ओभर टाइम भत्ता,चाडपर्वको भत्ता,पोशाक  भत्ता,बालबच्चाको पढाइ भत्ता आदि तोकिए अनुसारका भत्ताहरु पनि दिनुपर्दछ।साथै हरेक वर्ष,दुई वर्ष वा नियमावलीमा तोकिए अनुसार निश्चित प्रतिशतमा तलब वृद्धि गर्नुपर्दछ।

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।