व्यवसायबाट उत्पादित कुनै वस्तु वा कुनै व्यवसायबाट दिइने सेवा किन्ने अर्थात लिने व्यक्ति ग्राहक हुन् । व्यवसायको लागि ग्राहक सबैभन्दा महत्वपूर्ण मानिन्छ । किनकि ग्राहकले वस्तु वा सेवा किन्दछ । वस्तु वा सेवा बिक्रि भए मात्र व्यवसाय चल्छ र नाफा संभव छ । त्यसैले ग्राहकलाई भगवान भन्ने चलन पनि छ । ग्राहक सन्तुष्ट भएमा फर्की–फर्की किन्न आउँछन् र व्यवसायलाई फाइदा हुन्छ ।
ग्राहक भन्नाले दुई किसिमको ग्राहकलाई बुझिन्छ, खरिदकर्ता अर्थात जसले सामान किन्छ वा खरिद गर्दछ र उपभोक्ता जसले वस्तु उपभोग गर्दछ । त्यसबाहेक नियमित ग्राहक, अनियमित ग्राहक,होलसेल ग्राहक, खुद्रा ग्राहक आदि विभिन्न किसिमका ग्राहकहरु हुन सक्दछन् । ग्राहकहरूलार्ई सन्तुष्ट पारी व्यवसायको बिक्रि बढाउनु जरुरी महत्वपूर्ण कुरा हो । व्यवसायीले ग्राहकले यो वस्तु वा सेवा केका लागि किन्छ ? ग्राहकलाई चाहिएको समय अनुसार अनि डिजाइन अनुसार छ कि छैन र वस्तु वा सेवा कत्तिको बलियो र आकर्षक छ विचार गर्नुपर्दछ ।
वस्तु वा सेवाको मूल्य लक्षित ग्राहकले तिर्न सक्ने खालको हुनु पर्दछ । धेरै मूल्य भएमा बजारमा वस्तु बिक्रि हुँदैन । त्यसैले ग्राहकको आवश्यकता र उसले तिर्नसक्ने अवस्थालाई ध्यानमा राखेर मूल्य तोक्नुपर्दछ ।ग्राहकले चाहेको समयमा र चाहेको ठाउँमा वस्तु वा सेवा पुर्याउन सक्नुपर्छ । आफैँ ग्राहकसम्म बिक्रि गर्न लाने वा खुद्रा व्यापारीमार्फत ग्राहकसम्म पुर्याउने हो भन्ने बारेमा पनि सोच्नुपर्दछ । चोहेको ठाउँ चाहेको समय र ठीक्कको मूल्य छ भने ग्राहकहरु आकर्षित हुन्छन् ।
व्यावसायीले ग्राहक सन्तुष्ट पार्न देहायका कार्य गर्नु उपयुक्त हुन्छ ।
- आफ्ना ग्राहक पहिचान गर्ने ।
- ती ग्राहकका आवश्यकता बुझ्ने के के कुरा कति बेला, कुन समयमा, कति आवश्यक पर्छ ? सो अनुसार वस्तु तथा सेवा दिने ।
- आर्थिक क्षमता र ग्राहकको खर्च गर्ने प्रवृत्ति थाहा पाउने ।
- ग्राहकले कस्तो वस्तु, कति मूल्यमा, चाहन्छ? कुन तरिकाबाट उसलाई जानकारी दिन सकिन्छ? कहाँ खरिद गर्न रुचाउँछ आदि बारे जानकारी लिने ।
- सामान लगे पछि सही उपयोग भयो भएन, ग्राहकले सन्तुष्टि पायो पाएन भनी बुझने ।
- वस्तु वा सेवामा अन्य केही सुधार गर्नुपर्ने भएमा गर्ने ।
- ग्राहकलाई सकेसम्म भेटमा उपहार वा धन्यवाद दिइरहने । भलाकुसारी गरिरहने ।
- ग्राहकलाइ आफ्ना अन्य वस्तु वा सेवा तथा नयाँ उत्पादन उपहार बारे जानकारी दिने ।
- ग्राहक पसलमा आउँदा विशेष ख्याल राख्ने,सदा प्रसन्न रहने ।
- ग्राहकका गुनासा सुन्ने र उनीहरुमा कुनै शंका भएमा निवारण गर्ने ।