कर्मचारी विवाद

पछिल्लो अपडेट गरिएको: माघ २१, २०७८

काम गर्दा कहिलेकाँही कम्पनी र कर्मचारी बीच केही असमझदारीहरु आउन सक्दछन् । यही असमझदारी बढ्नु विवाद हो । तोकिए अनुसारको अर्थात करारनामामा उल्लेख भए अनुसार एक अर्का पक्षले काम नगर्नु, काममा स्पष्टता र पारदर्शिता नहुनु, पक्षपात हुनु, काम लगाउने र गर्नेले एक अर्काको मर्कालाई बुझ्न नसक्नु जस्ता कारणहरु र कहिलेकाँही व्यक्तिगत स्वभावका कारणले पनि विवाद निम्तिने वा बढ्ने हुन्छ । यस्तो विवादले व्यावसायिक फर्म र कामगर्ने कर्मचारी दुबैलाई बेफाइदा हुन्छ । त्यसैले यस्ता विवादहरु आउन दिनु हुँदैन । विवाद आइहाल्यो भने तुरुन्ते त्यसको कारण पत्ता लगाउनु पर्दछ र समाधान गर्नुपर्दछ । 

विवादहरु आउन नदिन के गर्ने:

  • काम तथा सेवा शर्तहरुको दुरुस्त उल्लेख गर्ने र त्यसको दुरुस्त अभिलेख पनि तयार गर्ने 
  • तोकिएको नीति नियमको आधारमा काम गर्ने प्रणाली विकास गर्ने 
  • कामलाई स्पष्ट पारदर्शी र निष्पक्ष बनाउने 
  • कर्मचारीको गुनासाहरु सुन्ने र जायज गुनासाहरुलाई सम्वोधन वा पालना गर्ने 
  • एक अर्काप्रति मर्यादित व्यवहार गर्ने 
  • बेला बेलामा अन्तरक्रिया वा घुलमिल हुने कार्यक्रमहरु राख्ने 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।