व्यवसायमा उत्पादन र सेवा

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

कुनै पनि व्यवसाय उत्पादन अथवा सेवासँग आधारित हुन्छ। त्यसैअनुसार कुनैलाई उत्पादनमूलक व्यवसाय र कुनैलाई सेवामूलक व्यवसाय भनिन्छ। 

उत्पादन

कुनै औद्योगिक यन्त्रबाट तयार गरिएको वा माटोबाट उब्जाइएको वस्तु उत्पादन हो। उत्पादनलाई प्रत्यक्ष देख्न, लिन र उपभोग  गर्न सकिन्छ। उत्पादनलाई ग्राहकले किन्नु भन्दा अगाडी हेर्न, छुन सक्छ र बिक्रेताले प्रदर्शन गर्न सक्दछ। 

जस्तै : चामल, दाल, चिनी, मह, तरकारी, दुग्ध, कपडा, मोबाइल, मोटर, फर्निचर, घडी सबै उत्पादन हुन् र योसँग सम्बन्धित व्यवसायहरू उत्पादनमूलक व्यवसायहरू हुन्। जस्तै : तरकारी, अन्न, दूध, मासु, मह, आदि। 

यस्तै व्यवसाय तथा फर्निचर,जुत्ता, मोबाइल, घडी निर्माण आदि उत्पादनमूलक व्यवसाय नै हुन्। यस्ता बस्तुहरूका खरिदबिक्री मात्र गर्ने काम व्यापार हो।

सेवा

सबैको हित, कल्याणका लागि गरिने काम सेवा हो। जस्तै: कसैलाई शिक्षा दिनु, कसैको स्वास्थ्य जाँच गरिदिनु, कसैलाई योग व्यायाम सिकाउनु सबै सेवा हुन्।

सेवा देख्न नसकिने अनुभव गर्न सकिने चिज हो। सेवा निःशुल्क पनि गरिन्छ, तर सेवा दिएबापत शुल्क पनि लिइन्छ भने त्यो सेवामूलक व्यवसाय हो।

जस्तैः पढाउने वा तालिम दिने काम, यातायात, औषधि उपचार, होटेल लज सञ्चालन, कानूनी परामर्श, सैलुन चलाउने, ब्युटी पार्लर आदि सबै सेवामूलक व्यवसायहरू हुन्।

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।