व्यवसाय दर्ता गर्दा PAN अनिवार्य लिनु पर्दछ। सरकारले हालसालै दुई हजारभन्दा बढी कारोबार वा भुक्तानी गर्नेले अनिवार्य रूपमा PAN मा दर्ता गर्नुपर्ने नियम बनाएको छ। यसरी दर्ता गरेपछि प्रमाण पत्र पनि दिइन्छ। आफूलाई पायक पर्ने क्षेत्रको आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालयमा गई PAN लिन सकिन्छ।
PAN लिन यी कागजपत्रहरू आवश्यक पर्दछ:
क) आवेदन फारम।
ख) दुई प्रति फोटो।
ग) पेसा व्यवसाय गरेको भए पेसागत प्रमाण पत्र ।
घ) नागरिकता प्रमाण पत्र ।
ङ) फर्म दर्ता भएको भए त्यसको प्रमाण पत्र ।
PAN लिन कुनै कर तिर्नुपर्दैन। अनलाइनबाट पनि यो सजिलै लिन सकिन्छ।