व्यावसायिक योजना बनाउनुका फाइदाहरू

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

व्यवसायको सम्भाव्यताको अध्ययन र विश्लेषणको आधारमा कुनै व्यवसाय छनोट भइसकेपछि उक्त व्यवसाय कहाँ गर्ने ? के कस्तो अनुभव र जनशक्ति चाहिन्छ ? व्यवसायमा के कति लगानी गर्नुपर्छ ? र त्यसबाट कति फाइदा हुन्छ ? यस्तै आदि सम्बन्धी विवरणहरूको विस्तृत स्वरूप वा खाका नै व्यावसायिक योजना हो। 

व्यवसाय गर्ने निर्णय वा सोच बनाइसकेपछि व्यावसायिक योजना बनाउनु पर्दछ। यो व्यवसाय कसरी सञ्चालन गर्ने भन्ने कुराको स्पष्ट मार्ग चित्र हो। व्यवसाय गर्न चाहने व्यक्तिका लागि यो बनाउनु अनिवार्य छ। 

व्यावसायिक योजना बनाउनुका यस्ता फाइदाहरू छन्:

  • व्यवसाय गर्ने आफ्नो सोच अनुसार काम गर्न सजिलो बनाउँछ।
  • व्यवसायको तयारी गर्न र व्यवसाय सम्बन्धी आवश्यक निर्णय लिन सहयोग गर्दछ। 
  • भविष्यमा आउन सक्ने समस्याहरू टार्न मद्दत गर्दछ। 
  • आवश्यक पर्ने पैसा तथा अन्य स्रोत साधनको योजना गर्न सजिलो हुन्छ।
  • व्यवसाय सञ्चालन व्यवस्थापन गर्नमा मद्दत पुग्दछ र व्यवसाय बिग्रने, असफल हुने अवस्था आउँदैन।
  • व्यवसायलाई सफल बनाउन सहयोग गर्छ।
  • व्यवसायको प्रगति मूल्याङ्कन गर्न सजिलो हुन्छ  र सोचेजस्तो उपलब्धि नआएमा आवश्यक सुधार गर्न सकिन्छ।
  • आफ्नो व्यवसायमा लगनशील र अनुशासित हुन मद्दत पुग्छ। 

 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।