करार खारेज

पछिल्लो अपडेट गरिएको: माघ २३, २०७८

कुनै काम लिखित रुपमा जिम्मा लिने काम वा त्यसरी जिम्मा लिएको दायित्व,जिम्मा लिन गरिने लिखत प्रतिज्ञा वा कबुललाई करार भनिन्छ । एकपक्षले अर्को पक्षलाई कुनै सेवा वा कामको अभिभारा सुम्पिदा दुवै पक्षले करार गरी सही गरेको लिखत चाँहि कबुलनामा वा करारनामा हो । व्यवसाय सञ्चालनको क्रममा कुनै कर्मचारीहरु वा कामदारहरुको नियुक्ति गर्दा,सामानहरुको आपूर्ति,ढुवानी गर्दा वा अन्य कामहरु गर्दा सम्वन्धित पक्षहरुसँग लिखित करारनामा गर्नुपर्दछ । यसरी गरिएको करारनामा अनुसार कहिलेकाँही विविध कारणवस कुनै पक्षबाट काम गर्न वा सेवा दिन असमर्थ भएमा सो करारलाई अस्वीकृत गर्न वा निष्कृय पार्नुपर्ने हुन्छ । त्यसो गर्नुलाई करार खारेज भन्दछन् । व्यवसाय सञ्चालन गर्दा कहिलेकाँही यस्तो अवस्था पनि आइपर्न सक्दछ । 

करार खारेज कहिले हुन्छ?

  • करारको अवधि सकिएमा  
  • करार सरकारको ऐन नियम अनुसार नभएमा वा बाझिएमा
  • कुनै पक्षले करारका शर्तहरु पालना गर्न अस्वीकृत गरेमा 
  • दुवै पक्षबीच असमझदारी भै काम गर्न नसक्ने अवस्था भएमा
  • दुबै पक्षले आपसी सहमतिमा करार खारेज गर्ने निर्णय गरेमा
  • करार खारेज गर्नुपर्ने कुनै अन्य परिस्थिति सिर्जना भएमा 

करार खारेज गर्दा व्यवसाय गर्ने फर्म वा संस्थाका आधिकारिक व्यक्तिहरुले नियम अनुसार निर्णय गरेर मात्र गर्नुपर्दछ र करार गर्ने बेलाको जस्तै लिखित रुपमा करार खारेजी भएको कागज गर्नुपर्दछ। त्यसका साथै सम्वध संस्थाहरुलाई त्यसको जानकारी दिनुपर्दछ।करार खारेज भए पछि करारपत्रमा उल्लेख भएका सेबाका सबै शर्त तथा जिम्मेवारीहरु स्वतः निष्कृय हुन पुग्दछन्। www.lawcommission.gov.np को करार ऐन २०५६ (केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७२) बाट करार सम्वन्धी विभिन्न कुराहरुको थप जानकारी लिन सकिन्छ ।

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।