व्यावसायिक जीवन स्वस्थ बनाउन बिहान

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

व्यावसायिक जीवनमा अनेक उतारचढाव आउँछन्। जसको व्यवस्थापन गर्दै सन्तुलित रूपमा दिनहरू बिताउने प्रयास गर्‍यौ भने, जीवन सुन्दर बन्छ।  सुन्दर बिहानीले सुन्दर दिनको सङ्केत गर्छ, भनेझैँ व्यावसायिक जीवन स्वस्थ बनाउन बिहानको समय कसरी बिताइएको छ भन्ने कुराले अर्थ राख्छ।

बिहानको समय यसो गर्नुहोस् :

  • बिहान सबेरै उठेर ध्यान र योग गर्नुहोस्, यसो  गर्नाले शरीर स्फूर्त रहन्छ,क्यान्सरको जोखिम कम हुन्छ, मानसिक स्वास्थ्य राम्रो हुन्छ, तनाव कम हुन्छ, खानपानमा सुधार हुन्छ, शरीरको लचकता बढ्छ। बिहान छिट्टै उठ्ने बानीले कामहरू गर्ने समय पर्याप्त मिल्छ र काम गर्न पनि जाँगर चल्दछ। 
  • खाली पेटमा पानी पिउनुहोस्, यसो गर्नाले विभिन्न रोगहरूबाट छुट्कार पाउन सक्नुहुन्छ।
  • बिहानको लागि काम साँचेर राख्नुभन्दा अघिल्लो दिन गर्न मिल्ने काम छ भने गरेर सुत्नुहोस्। यसो गर्नाले तपाइलाई बिहान उठेर अरू काम गर्न सजिलो हुनेछ। कुनै पनि काम साँचेर राख्नु राम्रो होइन।
  • बिहानैको प्राकृतिक वातावरणलाई केही छिन नियाल्नुहोस्। यसो गर्नाले मनमा आनन्द मिल्नेछ र बिहानीको सुरुवात पनि राम्रो हुन्छ।
  • बिहान उठ्ने बित्तिकै सकारात्मक कुराहरू मात्र सोच्ने गर्नुहोस्। यसो गर्नाले दिनको राम्रो सुरुवात हुन्छ। नकारात्मक कुराहरू सोच्न थाल्नुभयो भने दिमागमा नराम्रा कुराहरू मात्र घुमिरहन्छन्।
  • घरको सरसफाइ गर्नुहोस् । आफू पनि सफा भएर बस्नुहोस्। सरसफाइले मन तथा दिमाग पनि स्वच्छ र ताजा हुन्छ।आफ्नो परिवार, साथीसँग नजिक हुनुहोस्। परिवार र साथीभाइहरूसँग माया र आत्मीयता बाँड्नहोस्।
  • बिहान उठ्ने बित्तिकै दिनभरि आफूले गर्ने कामको तालिका बनाउनुहोस्। सोही तालिका अनुसार आफ्नो काम पुरा गर्नुहोस्। 
  • केही समय अध्यात्मको लागी पनि छुट्टाउनुहोस् । आध्यात्मिक कार्यले तपाईको मनला शान्ति दिन्छ। बिहानै भगवानको नाम जपी दिनको सुरुवात गर्नाले मनमा खुसी छाउँछ।  

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।