उद्यमीहरुले Daraz मा कसरी सामान बेच्ने?

पछिल्लो अपडेट गरिएको: असार १०, २०७९

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र नेपालको अग्रणी अनलाइन बजार दराजले नेपाल (DARAZ) बीच महासंघसँग जोडिएका साना तथा मझौला ( SME )  उद्यमीलाई एकीकृत गरि उनीहरुका उत्पादनलाई दराज मार्फत बिक्रीवितरण गर्ने संझौता भइ कार्यन्वयन भइरहेको छ ।   
 
एफएनसीसीआई महासंघसँग  र दराज नेपाल बीच भएको सम्झैाता अन्तर्गत दराजमा  दर्ता हुनुभएका साना तथा मझौला ( SME )  उद्यमीहरुले  पुरा एक बर्ष (जनवरी २०२२ देखी डिसेम्बर २०२२) सम्म दराजमा 0%  बजार शुल्कमा ब्यापार गर्न पाउनुको साथै अतिरिक्त सुबिधा हरु समेत पाउनुहुनेछ ।  
 
त्यसैगरी सम्झैाता अनुसार साना तथा मझौला ( SME )  उद्यमीहरुलाई आफ्नो व्यापार वृद्धि गर्नको लागी सही शिक्षा र सीपहरु पनि दराजले प्रदान गर्नेछ । एफएनसीसीआई र दराज बीचको यो सम्झैाताको मुख्य उदेश्य नेपालका विभिन्न शहरहरूमा रहेका साना तथा मझौला उद्यमीहरुलाई आफ्नो व्यापार अनलाइन सुरु गर्न सहयोग गर्ने हो।यस सम्झौता बाट साना तथा मझौला ( SME )  उद्यमीहरुलाई  व्यवसायिक सफलता हासिल गर्न खाँचो हुने सहयोग पुग्ने विश्वास गरिएको छ।   
 
दर्ता कसरी गर्ने ?

  • >>  मा click गर्नुहोस । 
  • >> “Local Seller” विकल्प छान्नुहोस् । 
  • >> आफ्नो मोबाइल नम्बर, इमेल र अन्य विवरणको साथ दर्ता पूरा गर्नुहोस्। 
  • >> Promocode “FNCCIO22” प्रयोग गर्न नबिर्सनुहोला् 

बिस्तृत जानकारीको लागी Daraz प्रतिनिधिलाई 9801114108  मा सम्पर्क गर्न सक्नुहुनेछ ।धन्यवाद।  
 
दर्ता गर्न के-के चाहिन्छ 
Daraz  मा व्यवसाय दर्ता गर्न तपाईको व्यवसायको PAN  वा  VAT  को प्रतिलिपि र  बैंक चेकको प्रतिलिपि मात्र भए पुग्दछ । https://bit.ly/3qJDZcj  यो लिङ्कमा क्लिक गरेर आफ्नो मोबाईल नम्बर र ईमेल सहितको जानकारी राखी  सजिलै दर्ता गर्न सकिन्छ । 
  
दर्ता पछिको प्रकृया के हुन्छ ?     
तपाईले दर्ता गर्नु भएपछी Daraz टीमले थप प्रकृयाको लागि तपाईहरुलाई सम्पर्क  गर्ने छ ।  
Daraz सम्बन्धि Online Training, पहिलो पल्टको Packaging material, सामानहरुको Photo-shoot सबै Daraz को तर्फ बाट नि:शुल्क प्रदान गरिने छ । 
नोट : दर्ता गर्दा Promocode को ठाउँमा FNCCI022 प्रयोग गर्न नबिर्सनुहोला ।

स्रोत : नेपाल उद्योग वाणिज्य महासंघ (https://tinyurl.com/mt9thjjf)

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।