प्राईभेट फर्म तथा कम्पनी नबिकरण शुल्क मिनाहा सम्बन्धि जानकारी

पछिल्लो अपडेट गरिएको: असार १७, २०७९

आर्थिक ऐन २०७९ को दफा २४ मा भएको प्रावधान अनुसार कम्पनी ऐन २०६३ बमोजिम दर्ता भएका प्राईभेट फर्म तथा कम्पनीले आर्थिक वर्ष २०७६।७७ सम्मको बार्षिक विवरण नबुझाएको तथा नबिकरण नगरेको भए वि.स. २०७९ पुष मसान्तभित्र विवरण र जरिवाना तथा शुल्कको पाँच प्रतिशत रकम बुझाएमा बाकी जरिवाना तथा शुल्क मिनाहा हुने भएको छ । थप जानकारीका लागि कम्पनी रजिस्टार कार्यालयको मिति २०७९ जेठ २५ को सूचना हेर्न नभुल्नु होला साथै बिस्तृत जानकारीको लागि कम्पनी रजिस्टार कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।

स्रोत : कम्पनी रजिस्टार कार्यालय (https://ocr.gov.np/)

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।