प्रविधिको प्रयोगबाट के कस्ता फाइदा हुन्छ?

पछिल्लो अपडेट गरिएको: मंसिर १३, २०७८

आज कोरोना कहरले मानिसको दैनिकी फेरिएको छ। जीवन जिउने, दैनिकी चलाउने, रोजगारीलाई समयसापेक्ष तरिकाले चलाउने साथै सामान किनबेच गर्ने तरिकमा धेरै नै फेरबदल हुन थालेको छ। हिजोआज मानिसले विभिन्न अनलाइनबाट घरघरमा नै चाहिने दैनिक उपभोग्य वस्तु तथा खाद्यान्न, लत्ताकपडा, फलफूलदेखि सबै कुराहरू अनलाइन सपिङ गरिरहेका छन्। बढ्दो कोरोना सङ्क्रमणसँगै प्रविधिको प्रयोग बढ्न थालेको छ।

यसरी किनमेल गर्नु ग्राहक र बिक्रेता दुवैको लागि निकै नै फाइदाजनक हुन्छ। किनमेलमा मात्र नभई प्रविधिले अरू पनि थुप्रै फाइदा पुर्‍याएको छ। प्रविधिले के कस्ता फाइदा पुर्‍याएको छ भन्ने बारेमा हामी यस लेखमा चर्चा गर्ने छौँ।

ग्राहकलाई हुने फाइदा

  • घर बसीबसी सबै सपिङ गर्न मिल्ने भएकाले भिडभाडमा जानुपर्ने वा लामो लाइनमा कुर्नुपर्ने हुँदैन।
  • अनलाइन स्टोरहरू हरेक दिन चौबिसै घण्टामा उपलब्ध हुन्छन्।
    • त्यसैले फुर्सदको समय जस्तै बस/ट्याक्सीमा आवतजावत गर्दा पनि आफूलाई चाहिएको समान किन्न सकिन्छ।
  • जुनसुकै ठाउँमा बसेको भए पनि सामान किन्न सकिन्छ।
  • डिजिटल डाउनलोड गरेर उपभोग गर्न मिल्ने सामग्रीहरू तत्काल खरिद गरेर प्रयोग गर्न सकिन्छ।
    • जस्तै सफ्टवेयर, ई-पुस्तकहरू, सङ्गीत, चलचित्रहरू, आदि
  • अनलाइन बैङ्किङ मार्फत पैसा तिर्न सकिन्छ। 
    • यसले गर्दा नगद चलाउन आवश्यक छैन।
  • अनलाइनबाटै किन्न मिल्ने भएपछि यातायात खर्च बच्छ।
    • समयको पनि बचत हुन्छ।
  • सामान किन्न मात्रै नभएर सेवाहरू पनि किन्न सकिन्छ।
    • जस्तै पठाओ/टुटलबाट बाइक/ट्याक्सी भाडामा लिने, फुडमान्डूबाट खानेकुरा मगाउने, आदि
  • आफूलाई चाहिएको सेवा वा वस्तु छ/छैन सहजै थाहा पाउन सकिन्छ।

बिक्रेताको दृष्टिकोणबाट हेर्दा हुने फाइदा

  • जुनसुकै ठाउँमा कुरियर गरेर सामान पठाउन सकिने भएकोले गर्दा दुर्गम स्थानहरूमा स्टोर र उत्पादनको पहुँच पुग्छ।
  • इन्टरनेटको माध्यमबाट नै विज्ञापन नगर्न सकिन्छ र यसको पहुँच पनि धेरै हुन्छ।
    • यसले गर्दा खर्च पनि कटौती गर्न सकिन्छ।
  • अनलाइन बैङ्किङ मार्फत पैसा लिन सकिन्छ।
    • पैसा जम्मा गर्न बैङ्क धाइराख्नु पर्दैन।
  • सामान किन्न र बेच्न एक भौतिक स्टोर हुनु आवश्यक छैन, घरमा नै वा घर भाडा कम पर्ने ठाउँमा गोदाम राख्न सकिन्छ।
    • यसको मतलब स्टोर रहेको स्थान बिक्रीको लागि त्यत्ति महत्त्वपूर्ण छैन।
    • यसले गर्दा खर्च कम हुन जान्छ।
  • कामदारको लागत घट्छ
    • आफैले सबै काम हेर्न मिल्ने भएपछि भौतिक स्टोरमा राख्नुपर्ने कर्मचारीको कटौती हुन्छ।
  • भौतिक स्टोर खोल्दा डेकोरेसनलाई पनि धेरै पैसा खर्च हुन्छ, जुन अनलाइन स्टोरमा हुँदैन।
  • आफूसँग स्टक कति बाँकी छ सजिलै थाहा हुन्छ।
    • यसले गर्दा ग्राहकको माग हेरेर स्टक सकिनुअघि नै सामान मागौँ सकिन्छ।

कोरोना जस्ता सङ्क्रमणको समयमा पनि सुरक्षित तवरले किनबेच गर्न सकिन्छ।

स्रोत: इन्टरनेटमा भएका सामग्री

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।