व्यवसाय बन्द गर्ने बेला भयो भनेर कसरी थाहा पाउने

पछिल्लो अपडेट गरिएको: साउन २२, २०७८

कुनै पनि व्यवसायीले समय तोकेर आफ्नो व्यवसाय सुरु गरेको हुँदैन। सबैलाई आफ्नो व्यवसाय धेरै समय सम्म टिकोस भन्ने लाग्छ तर कहिले काहिँ यस्तो मोड आउँछ,  नचाहे पनि आफ्नो व्यवसाय सधैंको लागि बन्द गर्नु पर्ने हुन्छ। त्यो समय कहिले आउँछ भनेर हामीले अड्कल त मार्न सक्दैनौं तर व्यवसायमा देखा परेका केही लक्षणहरुबाट भने पक्कै पनि आफ्नो व्यवसाय खस्किदै गएको अनुमान लगाउन सक्छौँ ।

व्यवसायमा के कस्तो लक्षणहरु देखा परेमा व्यवसाय बन्द गर्ने बेला भयो भनेर बुझ्ने भनेर यस लेखमा समेटिएको छ:

आफूले योजना बनाए अनुरूप फल प्राप्त नहुनु 

यस्तो सङ्केत व्यवसायको सुरु सुरुको दिनहरूमा देखिन्छ तर व्यवसाय खोलेको बर्सौ वर्ष बित्दा पनि आफूले योजना गरे अनुरूप नाफा हुन सकेन भने पकै पनि त्यस्लाई एउटा सङ्केतको रूपमा लिन सकिन्छ। नाफा हुनुको साटो व्यवसाय उल्टै घाटामा गैरहेको छ भने त्यस्तो व्यवसाय चलाइरहनु भन्दा समय मै बन्द गर्दा बेस हुन्छ।

सबै कर्मचारीहरु धमाधम जागिर छोडेर जानु

कर्मचारीहरु भनेका व्यवसायको लागि चल्ती स्रोतहरू हुन् । कर्मचारीहरूलाई चाहिने सुविधाहरू व्यवसायीले मिलाई दिनु पर्छ । कुनै कर्मचारीहरू पैसाको लागि मात्र नभएर ज्ञान र सिप हासिल गर्न पनि काम गर्छन्। यदी तपाईँले आफ्नो कर्मचारीहरूको राम्ररी ख्याल राख्ननु भएन, कर्मचारीहरूको गुनासो र सुजाबहरु लिनु भएन र आफ्नै मनमानी गर्न खोज्नु भयो भने त्यस्तो अवस्थामा काम गर्न कर्मचारीहरूलाई गाह्रो हुन्छ । त्यसैले कोही कर्मचारीहरू पनि तपाईँको व्यवसायमा काम गर्न रुचाउदैनन् र छोटो समयमा नै छोडेर जाने गर्छन् जसले गर्दा तपाईको व्यवसायमा गर्नु पर्ने काम समयमा हुँदैन जसले गर्दा व्यवसाय खस्किंदै जान्छ। यस्लाई पनि एउटा सङ्केतको रूपमा लिन सकिन्छ।  

  • तपाईको उत्पादित वस्तुको माग घट्दै जानु 

यदि तपाईँको व्यवसायले उत्पादन गरेको वस्तुको माग बजारमा घट्दो छ भने यसको अर्थ तपाईँले उत्पादन गरेको वस्तु वा सेवा ग्राहकहरुले रुचाएको छैन भन्ने बुझिन्छ। तपाईँले वस्तु वा सेवा उत्पादन गर्नु अघि ग्राहकहरुको माग बुझन जरुरी छ र यदी तपाईँले त्यस्तो गर्नु भएन र आफैलाई ठिक लागेको कुरा गर्नु भयो भने त्यो सफल नहुन पनि सक्छ। 

तपाईँको आफ्नो स्वास्थ्यमा नराम्रो असर पर्नु  

व्यवसायी भए पछि व्यस्तता हुनेनै भयो तर यदि त्यो व्यस्तताले तपाईँको स्वास्थ्यमा निकै असर पारिरहेको छ भने त्यसलाई पनि एउटा सङ्केत मान्न सकिन्छ । अब यो तपाईंको बिचारमा भर पर्छ कि तपाईँको व्यवसाय ठुलो छ वा तपाईँको स्वास्थ्य।

कतै  तपाईँको व्यवसायमा पनि यस्तै संकेतहरू त देखिएको छैन ? बिचार गर्नुहोस है, व्यवसाय बन्द गर्ने अवस्था पो आएको हो कि ?

यदी तपाईँको व्यवसायमा पनि एस्तै खालका समस्याहरु देखा परेका छन् भने त्यो तपाईँको व्यवसाय बन्द गर्ने सङ्केत पनि हुन सक्छ।

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।