पेटेण्ट के हो ? कहाँ दर्ता गर्ने ? र चोरी गरे के सजाय हुन्छ ?

पछिल्लो अपडेट गरिएको: साउन २२, २०७८

व्यापार व्यावसाय गर्दा आफूले आविष्कार गरेको नयाँ तरिका, सामान(वस्तु), व्यावसायको नाम, लोगो आदी अरू कसैले चोरी वा नक्कल गरेमा तपाईँले धेरै घाटा बेहोर्नु पर्ने हुनसक्छ। जस्तै: सप्तरी जिल्लाको बर्मजिया भन्ने ठाउँमा “बाजेको पेडा पसल” नामका हेर्दा उस्तै देखिने करिब ५० वटा जति पेडा पसलहरु खोलिएका भेटिन्छन्। यसबाट वास्तविक रूपमा मिठो पेडा बनाउने बाजेलाई ग्राहाकले चिन्न मुस्किल पर्छ भने बाजारमा नककली बाजेको पेडा पसलहरु खोलिदा असली पेडा बेच्ने बाजेलाई ठुलो आर्थिक घाटा परेको छ। आफ्नो आविष्कार अरूलाई चोरी गर्न नदिई सुरक्षित गर्नको लागि आफ्नो आविष्कारको पेटेण्ट र ट्रेडमार्क दर्ता गर्न जरुरी हुन्छ।

पेटेण्ट अधिकार भनेको के हो?

पेटेण्ट भनेको कुनै व्यक्तिले आफूले आविष्कार गरेको वस्तु, पदार्थ वा पदार्थ समूहको बनावट वा कुनै नयाँ सिद्धान्त वा फर्मुलाद्वारा पत्ता लागाईएको कुनै उपयोगी आविष्कार हो। अनि पेटेण्ट अधिकार भनेको चाहिँ त्यो पेटेण्ट अरू कसैले नक्कल नगरोस भनेर पाउने अधिकार हो।

यो अधिकार कति समयसम्मको लागि पाइन्छ?

पेटेण्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ का अनुसार पेटेण्टको समय अवधि दर्ता गरेको मिति देखि ७ वर्ष सम्मको हुन्छ समय अवधि सकिएपछि फेरी नबिकरण गर्न पनि मिल्छ। नवीकरण गर्नको लागि तिन सय रुपैयाँ तिर्नुपर्ने हुन्छ। 

पेटेण्ट कहाँ दर्ता गर्ने?

पेटेण्डको बारेमा थप जानकारीको लागि वा दर्ता गर्नको लागि निम्न लिखित ठेगानामा सम्पर्क गर्न सक्नुहुन्छ: 

पेटेण्ड, डिजाईन र ट्रेडमार्क ऐन २०२२

ठेगाना: त्रिपुरेश्वर, काठमाडौं, नेपाल

फोन नं: +९७७ ०१ ४२६१२०३, ४२६१३०२, ४२६११६८, ४२६११६९

ईमेल: info@doind.gov.np

पेटेण्ट दर्ता कसरी गर्ने?

पेटेण्ट दर्ता गर्दा मेशिन, उत्पादन गरेको समान, समान उत्पादन गर्ने तरिका र वस्तुको संरचना गरेर ४ विषयमा गरिन्छ। पेटेण्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ का अनुसार पेटेण्ट दर्ता गर्नको लागि सुरुमा निवेदन लेख्नु पर्छ त्यसको लागि एक सय रुपैयाँ तिर्नुपर्ने हुन्छ। निवेदन दिएपछि पेटेण्ट कानुन अनुसार ठिक छ कि छैन भनेर औपचारिक अनुसन्धान/जाचँबुझ गरी मात्र दर्ता गरेको प्रमाणपत्र पाइन्छ। दर्ताको लागि एक हजार रुपैयाँ तिर्नुपर्छ।

पेटेण्ट चोरी गर्‍यो भने के सजाय हुन्छ?

पेटेण्टको नक्सा, विवरण वा रेखांकन कसैले हेर्न वा नक्कल लिन चाहेमा विभागले तोकिएको रकम तिर्नुपर्नेहुन्छ। तर चोरी गरेमा नोक्सानको प्रकृति हेरेर रु. ५ लाख सम्म जरिवाना तिर्नुपर्ने हुन्छ र त्यो चोरी गरेको पेटेण्टसंग सम्बन्धित सबै सम्पत्ति जफत हुन्छ।

यदि तपाईँले पनि नयाँ वस्तु उत्पादन गरेर व्यवसाय सञ्चालन गर्न चाहनुहुन्छ भने पेटेण्ट दर्ता गरेर आफ्नो उत्पादनलाई सुरक्षित गर्न सक्नुहुन्छ। तर दर्ता गर्न लाग्नु भएको पेटेण्टको नाम पहिले नै अरू कसैले दर्ता गरिसकेको छ भने वा त्यो आफैले आविष्कार गरेको होइन भने वा सो पेटेण्टबाट सर्वसाधारण जनताको स्वास्थ्य, सदाचार वा नैतिकता वा राष्ट्रिय हितमा प्रतिकुल असर पर्ने रहेछ भने वा कुनै कानुन विपरीत छ भने तपाईँले त्यो नामको पेटेण्ट दर्ता गर्न मिल्दैन।

श्रोत: यो लेख उद्यमी नेपाल टिमद्वारा नेपाल सरकारको पेटेण्ड, डिजाईन र ट्रेडमार्क ऐन २०२२ पढेर र नेपाल कानुन आयोगको वेबसाइटमा भएका जानकारीहरु समेटेर तयार पारिएको हो।

 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।