के हो ट्रेडमार्क र कसरी दर्ता गर्ने ?

पछिल्लो अपडेट गरिएको: साउन २२, २०७८

ट्रेडमार्क भनेको के हो?

उद्यमीले आफ्नो व्यवसायमा वस्तु तथा सामानहरू धेरै किसिमका उत्पादन गर्न सक्छ। एउटै व्यवसायमा पनि धेरै ब्रान्डहरु हुन सक्छन्। त्यसैले उद्यमीले आफूले उत्पादन गरेको सामानलाई छुट्टै परिचय दिनको लागि ट्रेडमार्क बनाउने गर्छन्। व्यवसाय वा ब्रान्डलाई चिनाउने नाम, सङ्केत, चिन्ह, तस्बिर, आकार, वा शब्द आदिलाई ट्रेडमार्क भनिन्छ। यसले उस्तै किसिमको समान उत्पादन गर्ने अर्को व्यवसाय भन्दा फरक देखाउन मद्दत गर्छ। ट्रेडमार्क एक पटक दर्ता गरेपछि बदल्न मिल्दैन।  

यो अधिकार कति समयसम्मको लागि पाइन्छ?

पेटेण्ड, डिजाइन, र ट्रेडमार्क ऐन २०२२ का अनुसार ट्रेडमार्क दर्ता गरेपछि प्रतेक ७ वर्षमा नबिकरण गरिरहनुपर्छ।  यदि नवीकरण नगरे अरूले नक्कल गर्ने सम्भावना हुन्छ। नवीकरण गर्न को लागि जम्मा एक सय पचास रुपैयाँ तिर्नुपर्ने हुन्छ।

ट्रेडमार्क कहाँ दर्ता गर्ने?

ट्रेडमार्कको बारेमा थप जानकारीको लागि वा दर्ता गर्नको लागि निम्न लिखित ठेगानामा सम्पर्क गर्न सक्नुहुन्छ:

पेटेण्ड, डिजाईन र ट्रेडमार्क ऐन २०२२

ठेगाना: त्रिपुरेश्वर, काठमाडौं, नेपाल

फोन नं: +९७७ ०१ ४२६१२०३, ४२६१३०२, ४२६११६८, ४२६११६९

ईमेल: info@doind.gov.np

ट्रेडमार्क दर्ता कसरी गर्ने?

ट्रेडमार्कको लागि पनि दर्ता गर्नको लागि सुरुमा निवेदन लेख्नु पर्ने हुन्छ त्यसको लागि एक सय रुपैयाँ तिर्नुपर्छ। निवेदन बुझाईसकेपछी नियम अनुसार सही छ कि छैन जाँचबुझ हुन्छ, यदि सबै कुरामा ठिक भएमा मात्र दर्ता गरेको प्रमाणपत्र पाइन्छ। दर्ता गर्नको लागि भने चार सय रुपैयाँ तिर्नु पर्ने हुन्छ।

चोरी गर्‍यो भने के सजाय हुन्छ?

ट्रेडमार्क नक्कल गर्ने व्यक्ति वा संस्थालाई बढीमा १ लाख सम्मको जरीवाना हुन्छ र नक्कल गरेको ट्रेडमार्कसंग सम्बन्धित सबै कुराहरू नेपाल सरकारले जफत गर्दछ।

यदि तपाईँले आफ्नो व्यवसायमा कुनै नयाँ वस्तु उत्पादन गर्दैहुनुहुन्छ भने ट्रेडमार्क दर्ता गरी ढुक्कसंग चलाउन सक्नुहुन्छ। तर तपाईँले ट्रेडमार्क बनाउने नाम पहिले नै अरू कसैले दर्ता गरेको नामसंग मेल खायो भने दर्ता गर्न मिल्दैन।

 स्रोत: यो लेख उद्यमी नेपाल टिमद्वारा नेपाल सरकारको पेटेण्ड, डिजाईन र ट्रेडमार्क ऐन २०२२ पढेर र नेपाल कानुन आयोगको वेबसाइटमा भएका जानकारीहरु समेटेर तयार पारिएको हो।

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।