सीप विकास तालिमको लागि ४० करोड बजेट विनियोजन

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

सरकारले आउँदो आर्थिक वर्षमा १ लाख व्यक्तिलाई सीप विकास तालिम प्रदान गर्न ४० करोड बजेट विनियोजन गरेको छ।

विदेशबाट फर्किएका र देशभित्रै रोजगारी गुमाएकाको सीप विकास तथा क्षमता अभिवृद्धि गरी थप रोजगारी सृजना गर्ने सरकारको लक्ष्य रहेको छ । 

१५ जेठ २०७८ मा आर्थिक वर्ष २०७८/०७९ को अनुमानित आय-व्यय सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विदेशबाट फर्किएका र देशभित्रै रोजगारी गुमाएकालाई हस्तकला, बिजुली मर्मत, कुक, कालिगढ़, ब्युटिसियन, सिलाई कटाइ, कपाल कटाइ, लगायत विभिन्न सीपमूलक तालिम प्रदान गरिने बताउनुभयो।

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।