व्यावसायिक अनुपालन पात्रो बनाउने तरिका र पात्रो बनाउनुका फाइदाहरू

पछिल्लो अपडेट गरिएको: साउन १९, २०७८

तोकिएका नीति नियमहरूको पालना गर्नु नै अनुपालन हो। नियम पालना भनेको कुनै पनि क्षेत्रको लागि महत्त्वपूर्ण हुन्छ। त्यसै गरी व्यवसाय सञ्चालन गर्दा पनि विभिन्न नीति नियमहरूको पालना गर्नु पर्दछ। ती नियमअनुसार कहिले-कहिले, कुन-कुन काम गर्नु पर्दछ भनी तयार गर्ने पात्रो अनुपालन पात्रो हो। यस्तो पात्रोभित्र लेखा परीक्षण गर्ने, बैठक तथा साधारण सभाहरू सञ्चालन गर्ने, व्यवसायको नवीकरण गर्ने, कर तिर्ने, प्रतिवेदनहरू तयार गर्ने आदि सबै कुराहरू पर्दछन्।

 अनुपालन पात्रो बनाउनुका फाइदाहरू :

  • के-के काम कहिले-कहिले गर्नुपर्ने हो, त्यसको पूर्व जानकारी हुन्छ।
  • गर्नुपर्ने कामका लागि आवश्यक तयारी गर्न सजिलो हुन्छ।
  • समयमा काम सम्पन्न गर्न सकिन्छ।
  • दण्ड जरिवानाहरू तिर्नु पर्दैन।
  • कामको अनुगमन तथा प्रगति समीक्षा गर्न सजिलो हुन्छ।
  • कार्य जिम्मेवारीहरू तोक्न सजिलो हुन्छ।
  • कार्य प्रक्रियालाई पारदर्शी बनाउँछ।
  • व्यवसायको राम्रो पहिचान हुन्छ।

हरेक व्यवसायले अनुपालन पात्रो बनाउनु पर्दछ। यो कुनै असजिलो काम होइन, यो सजिलै बनाउन सकिन्छ।

Xxxxxxxxxxx
(व्यवसायको नाम)
वर्ष………….
अनुपालन पात्रो

अनुपालन पात्रो व्यवसायको सफलताको लागि जरुरी छ। यसले व्यवसायले पूरा गर्नुपर्ने कानुनी जिम्मेवारीहरू समयमा सम्पन्न गरी व्यवसायको पहिचान, इज्जत बढाउन मद्दत गर्दछ। अनुपालन पात्रो वर्षको सुरुमा नै बनाउनु पर्दछ र व्यवसायमा सम्बन्धित सबै व्यक्ति, कर्मचारीलाई यसको बारेमा जानकारी गराउनु पर्दछ। साथै व्यवसायको मुख्य मानिसले यसको पालना भए/नभएको हेर्नु पर्दछ।

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।