साइबर अपराध

पछिल्लो अपडेट गरिएको: मंसिर ९, २०७८

के हो साइबर अपराध? 

कम्प्युटर/मोबाइल तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका आपराधिक क्रियाकलापलाई नै साइबर अपराध भनिन्छ।

के के पर्छ?

  • सामाजिक सञ्जालहरू ह्याक गर्ने, धम्की दिने वा गाली गर्ने
  • अश्लील तस्बिर सेयर गर्ने
  • चरित्र हत्या गर्ने
  • मन्जुरी बिना व्यक्तिगत विवरण सार्वजनिक गरिदिने

उजुरी कहाँ गर्ने? 

अपराध महाशाखा टेकु वा केन्द्रीय साइबर ब्युरो, भोटाहिटीमा गएर उजुरी गर्न सकिन्छ।

नियमन कसले गर्छ?

विद्युतीय कारोबार ऐन,२०६३ ले नियमन गर्छ।

के सजाय हुन्छ?

१ लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन्छ।

थप कुरा बुझ्न परेमा

साइबर ब्यूरो

मोबाइल नम्बर : ९८५१२८६७७० 

फोन नम्बर : ०१-४२१९०४४ 

Email: cyberbureau@nepalpolice.gov.np 

स्रोत: राष्ट्रिय साइबर सुरक्षा नीति, २०७३; विद्युतीय कारोबार ऐन,२०६३ र शुभयात्रा

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।