व्यवसायका लागि बजार अनुसन्धान

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

उत्पादित वस्तु तथा सेवालाई उपभोक्तासम्म पुर्‍याउने आधार नै बजार हो। उपभोक्ताले वस्तु तथा सेवा प्रयोग नगरेसम्म त्यसबाट कुनै फाइदा हुँदैन। त्यसैले बजारको राम्रो अध्ययन गरेर मात्र व्यवसाय गर्दा वा बढाउँदा सफल हुन सकिन्छ।

बजार अनुसन्धानका धेरै फाइदाहरू छन्। बजार अनुसन्धानले उत्पादन गरिने वस्तु तथा सेवा सम्बन्धमा ग्राहकको धारणा, रुचि र उपभोगको क्षमता पत्ता लगाउन सजिलो हुन्छ। उत्पादन तथा सेवाको लक्ष्य निर्धारण गर्न  र वस्तु तथा सेवामा आवश्यक सुधार गर्न सजिलो हुन्छ।

बजारीकरणको विधि तथा प्रक्रियामा सुधार गर्न पनि बजार अनुसन्धानले सघाउँछ। उस्तैखाले वस्तु वा सेवा बिक्रीगर्ने अन्य प्रतिस्पर्धीहरूको अवस्था के छ, उनीहरूले के कति लाभ लिन सकेका छन्, त्यो सफलताको मुख्य कारण के हो असफल भएको भए पनि के कारणले असफल भए त्यो पत्ता लगाउन सजिलो हुन्छ। यसबाट आफ्नो व्यवसायमा आवश्यक परिवर्तन,सुधार ल्याउन सजिलो हुन्छ।

बजार अनुसन्धान विभिन्न तरिकाले गर्न सकिन्छ। त्यसका लागि लक्षित बजारको अवलोकन वा भ्रमण गरी  आफूले गर्न खोजेको उत्पादन तथा सेवा सम्बन्धी सूचनाहरू सङ्कलन गर्न सकिन्छ। वस्तु वा सेवा कति मानिसले प्रयोग गर्ने गरेका छन् वा चाहन्छन् अनि कुन समयमा, कस्तो गुणस्तर, कुन माध्यमबाट चाहन्छन् आदि कुराको पनि जानकारी हुन्छ।

ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गर्ने,अन्तरवार्ता लिने कार्यबाट पनि बजार अनुसन्धान गर्न सकिनछ । अन्तरवार्ता मौखिक र लिखित दुवै हुन सक्दछ। लिखित अन्तर्वाताको लागि प्रश्नहरु दिएर जवाफहरु सङ्कलन गर्न सकिन्छ। उत्पादन तथा सेवा सम्बन्धी पत्र पत्रिकाहरू,लेख तथा प्रकाशनहरू अध्ययन गर्नु बजार अनुसन्धानको अर्को महत्त्वपूर्ण माध्यम हो। बजार अनुसन्धान सम्बन्धी यी विभिन्न अध्ययनहरूले व्यवसायको वृद्धि र विस्तारमा ठूलो टेवा पुग्दछ।

 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।