मूल्य अभिवृद्धि कर (मू.अ.कर/भ्याट)

मूल्य अभिवृद्धि करलाई छोटकरीमा मू.अ. कर अर्थात् भ्याट भनिन्छ। यसको दर्ता PAN को दर्ता जस्तै हो। मू.अ. कर दर्ता गर्दा PAN को प्रमाणपत्रमा मू.अ.   कर समेत दर्ता भनेर दर्ता मितिसमेत उल्लेख हुन्छ। सबै PAN दर्ता हुने करदाताहरूलाई मू.अ. करमा दर्ता गर्न अनिवार्य छैन। PAN दर्ताका करदाताहरू मू.अ. करमा परिवर्तन हुन चाहेमा कर कार्यालयको स्वीकृति पछि मू.अ. करमा परिवर्तन हुन्छ। मू.अ. करमा दर्ता भएका करदाताले मात्र कर बिल जारी गरी मू.अ. कर रकम खरिदकर्ताबाट असुल गर्न सक्दछन्। मू.अ.कर लाग्नेहरूको, मू.अ.करको व्यवस्थाअनुसार कर तिर्नु पर्दछ।

यी अवस्थाहरूमा अनिवार्य रूपमा मू. अ. कर.(भ्याट)मा दर्ता गर्नु पर्दछ: 

 क) भ्याट लाग्ने वस्तुको हकमा पचास लाख रुपैयाँ र सेवाको हकमा रु.बीस लाखभन्दा बढीको वार्षिक कारोबार गरेमा। 

 ख) ट्रेकिङ, र्याफ्टिङ, अल्ट्रालाइट फ्लाइट, प्याराग्लाइडिङ, पर्यटक सवारी, क्रसर, स्लेट आदि  र ढुङ्गा उद्योग सम्बन्धी व्यवसाय सञ्चालन गरेमा।

 ग) महानगरपालिका, उपमहानगरपालिका वा विभागले तोकेको क्षेत्रभित्र हार्डवेयर, सेनिटरी, फर्निचर, पार्टी प्यालेस व्यवसाय, पार्किङ सेवा मेशिन उपकरण प्रयोग भएको ड्राईक्लिनर्स, बार सहितको रेष्टुरेण्ट, कलरल्याब, बुटिक, सुटिङ्ग सर्टिङ्गको सामान सहितको टेलरिङ्ग व्यवसाय, शिक्षण संस्था वा स्वास्थ्य संस्था वा अन्य निकायमा युनिफर्म आपूर्ति गर्ने कार्य वा आइसक्रिम उद्योग सञ्चालन गरेमा। 

भ्याटमा दर्ता भएका करदाताहरूले बेचबिखन गर्दा भ्याट लाग्ने वा नलाग्ने वस्तु वा सेवा जे भएपनि कर बिल जारी गर्नै पर्छ। 

यी वस्तुको कारोबार गर्ने व्यवसायीले भ्याटमा दर्ता गर्नु पर्दैन : 

  • आधारभूत आवश्यकताका वस्तुहरू, जस्तै: पानी,औषधी उपचारका सामानहरू
  • आधारभूत कृषि उत्पादनहरु, जस्तै: धान,गहुँ 
  • जीवजन्तु तथा तिनका उपजहरू, जस्तै: खसी बोका आदि।
  • कृषि सामग्रीहरू, जस्तै : मल बिउ तथा कृषि औजार आदि।
  • किताब, अखबार र मुद्रण सामग्रीहरू।
  • कलात्मक र कालीगडी सेवा, जस्तै: चित्रकला, मूर्तीकला, वास्तुकला आदि।
  • यात्रुवाहक यातायात तथा ढुवानी सेवाहरू। 
  • व्यावसायिक तथा पेसागत सेवा, जस्तै: कलाकार, डाक्टर खेलाडी आदि।
  • नेपाल सरकारबाट सञ्चालित हुलाक सेवा, वित्तीय तथा बीमा सेवा।     

भ्याटमा दर्ता भएका करदाताहरूले बेचबिखन गर्दा भ्याट लाग्ने वा नलाग्ने वस्तु वा सेवा जे भएपनि कर बिल जारी गर्नै पर्दछ।  

आफ्नो आयमा तोकिएअनुसार कर तिर्नु सबै नागरिकको कर्तव्य हुन्छ। व्यवसाय सञ्चालन गर्ने व्यक्तिले पनि नियमअनुसार कर तिर्नुपर्दछ। समयमा कर तिरिएन भने जरिवाना तिर्न पर्ने हुन्छ। व्यवसाय सञ्चालन तथा वृद्धि गर्दा राज्यबाट प्राप्त हुनसक्ने सुविधाहरू लिन सकिँदैन र व्यवसाय बिक्री तथा हस्तान्तरण गर्न पनि सकिँदैन।  

 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।