आपूर्तिकर्ता

पछिल्लो अपडेट गरिएको: माघ २३, २०७८

कुनै व्यवसाय तथा ग्राहकहरुको लागि कुनै सेवा तथा वस्तुहरु उपलब्ध गराउने व्यक्ति वा संस्था आपूर्तिकर्ता हुन् । अर्को अर्थमा यिनलाई सेवा प्रदायक पनि भन्न सकिन्छ । व्यवसाय सञ्चालनको क्रममा विभिन्न वस्तुहरु (कच्चा), पदार्थ औजार उपकरण र सेवा उपलब्ध गराउनु पर्र्नेे हुन्छ । अर्थात् उत्पादित सामानहरु बजारसम्म वा उपभोक्ता÷ग्राहकसम्म पुर्याउने काम गर्नुपर्दछ । बस्तु तथा सेवाहरुको आपूर्ति गर्नु पनि एउटा व्यावसायिक काम नै यस्तो व्यवसाय गर्ने व्यक्तिले सम्वन्धित निकायमा गई नियमानुसार आफनो व्यवसायको दर्ता गर्नुपर्दछ ।    

आपूर्तिकर्ताका जिम्मेवारीहरु :

  • तोकिएको वस्तु तथा सेवा तोकिएको परिमाण अनुसार उपलब्ध गराउने ।
  • तोकिएको गुणस्तर र समयमा सेवा वा वस्तुहरु उपलब्ध गराउने । 
  • ग्राहकसँग आवश्यक समन्वय गर्ने र उचित व्यवहार गर्ने ।
  • समयमा वस्तु तथा सेवा आपूर्ति गर्न नसकिने परिस्थिति भएमा पहिले नै सूचना गर्ने ।
  • वस्तु तथा सेवाहरुको सम्बन्धमा ग्राहकहरुका गुनासाहरु तथा सुझाबहरु सुन्ने र सो अनुसार आपूर्तिमा सुधार गर्ने । 
  • आपूर्ति सम्बन्धी संझौताका सेवा तथा शर्तहरुको पालना गर्ने ।
  • आपूर्ति सम्बन्धी कागजात÷अभिलेखहरु दुरुस्त र अद्यावधिक राख्ने ।

ग्राहक वा वस्तु तथा सेवाको माग गर्ने व्यक्तिले सेवा तथा समानहरु लिँदा कुरामा ध्यानदिनु पर्ने 

 कुराहरु:

  • सही र सकेसम्म दर्तावाल आपूर्तिकर्ताको छनोट गर्नुपर्दछ ।
  • आफूले लिने वस्तु तथा सेवाको परिमाण निश्चित गर्नुपर्दछ ।
  • आफूले लिने वस्तु तथा सेवाको गुणस्तर स्पष्ट तोक्नुपर्दछ ।
  • वस्तु तथा सेवा प्राप्त गर्ने समय, खर्च ÷ ज्याला आदि सेवा तथा शर्तहरु स्पष्ट निर्धारण गर्नुपर्दछ । 
  • ग्राहक (वस्तु वा सेवा लिने व्यक्ति) र आपूर्तिकर्ता (सेवा प्रदायक) बीच लिखित संझौता  गर्नुपर्दछ । 
  • वस्तु तथा सेवा लिँदा आवश्यक जाँच तथा रुजु गरी लिनुपर्दछ । 
  • वस्तु तथा सेवा लिने समयको बारेमा केही हेरफेर गर्नुपर्ने भएमा समयमा नै आपूर्तिकर्तालाई सूचना गर्नुपर्दछ । 

आपूर्तिकर्ता तथा ग्राहकले सामानहरु लिँदा वा दिँदा सरकारको प्रचलित ऐन नीति नियमलाई पूर्ण पालना गर्नुपर्दछ ।

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।