व्यावसायिक स्वास्थ्य र सुरक्षा

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

आफ्नो उद्यम/व्यवसायमा काम गर्ने कर्मचारीहरूको सुरक्षा गर्नु, आइपर्न सक्ने व्यावसायिक जोखिम र स्वास्थ्य खतराबाट बचाई काम गर्ने राम्रो वातावरण सिर्जना गर्नु रोजगारदाताको जिम्मेवारी हो। तसर्थ, कार्यस्थलमा घट्न सक्ने सम्भावित जोखिमहरू पूर्ण रूपमा मेटाउनुहोस् वा कम गर्नुहोस्।

यसो गर्दा सम्भावित व्यावसायिक दुर्घटना र रोगहरूको कारण भौतिक र नैतिक क्षति कम हुन्छ, उद्यम/ व्यवसायको परिचालन क्षमता वृद्धि गर्न मद्दत पुग्नेछ भने कर्मचारीहरूका लागि स्वस्थ र सुरक्षित काम गर्ने वातावरण प्रदान गरेर   व्यवसाय वातावरणको नकारात्मक प्रभावहरूबाट बचाउन सकिने छ।   

रोजगारदाताले कार्यस्थलमा कार्यरत श्रमिक तथा अन्य व्यक्तिको सुरक्षा तथा स्वास्थ्य सम्बन्धी नीति बनाउनु पर्छ। जहाँ प्रतिष्ठानको कार्य प्रकृति अनुसार कार्यस्थलमा अपनाउनु पर्ने सुरक्षा सतर्कता, श्रमिकको स्वास्थ्य, कार्यस्थलमा हुनसक्ने सम्भावित दुर्घटना, कार्यस्थलमा मेशिनरी यन्त्र उपकरण सञ्चालन गर्दा अपनाउनु पर्ने सावधानी, स्वास्थ्यका दृष्टिले संवेदनशील मानिने रासायनिक पदार्थको प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी लगायत व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको सुनिश्चितता गर्ने आधारलालाई समेट्नुपर्ने हुन्छ।  

रोजगारदाता, उत्पादनकर्ता, आयातकर्ता र आपूर्तिकर्ताको कर्तव्य, सुरक्षा तथा स्वास्थ्य समितिको गठन, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी भएका विशेष व्यवस्थाहरुका बारेमा थप जानकारी लिन व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति पढ्नुहोस्: जसको लागि यस लिङ्कलाई क्लिक गर्नुपर्ने हुन्छ।https://www.lawcommission.gov.np/np/archives/45192  

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।