व्यवसायको योजना बनाएपछि के गर्नुपर्छ ?

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

व्यावसायिक  योजना व्यवसायको सफलताको आधार हो तर,  योजना बनाउने वित्तिकै व्यवसाय सफल नै भैहाल्छ भन्न सकिँदैन। त्यसैले योजनाअनुसार आवश्यक कामको तयारी गर्नु पर्दछ। जस्तै:

  • व्यवसायिक योजना अनुसार व्यवसाय संचालन आरम्भ गर्नु पर्दछ। जस्तै: आवश्यक पूँजीको लागि उपयुक्त वित्तीय संस्था छनोट गर्नु पर्दछ। व्यवसाय सुरुवात गर्नका लागि आवश्यक तयारी गर्नु पर्दछ। कामदारहरुको व्यवस्था गर्नु पर्दछ र आवश्यक सामानहरुको चाजोपाँजो मिलाउनु पर्दछ।  
  • नियमित अनुगमन अर्थात कम्तीमा महिना-महिनामा योजना अनुसार काम भए नभएको हेर्नु पर्दछ। व्यावसायिक योजना पछिको अर्को महत्वपूर्ण काम भनेको व्यवसायको नियमित अनुगमन हो। व्यवसाय संचालन भइसकेपछि हरेक महिनामा काम नियमित रुपमा भइरहेको छ छैन त्यसको लेखाजोखा गर्नु पर्दछ र आवश्यकता अनुसार कामको तरिकामा हेरफेर गर्नुपर्दछ।
  • सम्बन्धित व्यक्ति तथा संघ संस्थासंग समन्वय गरिरहनु पर्दछ। 

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।