कोरोनाबाट प्रभावित व्यवसायीका लागि सरकारले ल्याएका राहत कार्यक्रम

पछिल्लो अपडेट गरिएको: साउन २३, २०७८

सरकारले आगामी वर्षको बजेटमार्फत कोरोनाबाट प्रभावित नागरिक तथा व्यवसायीका लागि विभिन्न राहत कार्यक्रम घोषणा गरेको छ।  अध्यादेशमार्फत ल्याइएको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले विभिन्न कार्यक्रम घोषणा गर्नुभयो।  

यस्ता छन् छुट तथा सहुलियत कार्यक्रम: 

  • २० हजार लिटर खानेपानीको महसुल छुट 
  • सरकारी स्वामित्वका खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत अत्यावश्यक वस्तुमा २० प्रतिशत छुट 
  • खानेपानी तथा सिँचाइ उपभोक्ता समितिलाई बिजुलीको डिमान्ड शुल्कमा छुट 
  • निषेधाज्ञा अवधिमा ग्रास्थ बिजुली उपभोक्तालाई महसुलमा छुट 
  • होटेललाई पनि उद्योग सरह मान्यता दिएर छुट तथा सुविधा  
  • होटेलले आइसोलेसन सेन्टर सञ्चालन गरेमा सरकारले रकम दिने 
  • कृषि उपज ढुवानी भाडामा २५ प्रतिशत अनुदान
  • विश्वविद्यालय तहका विद्यार्थीलाई ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा ८० हजारसम्मको ऋण 
  • सामाजिक सुरक्षा कोषमा योगदान गरिरहेका श्रमिकलाई जेठ र असारमा सरकारले योगदान जम्मा गर्ने 
  • व्यवसाय निरन्तरता कर्जा निरन्तर हुने 
  • सरकारी सम्पत्ति भाडा लिएर व्यवसाय गर्नेलाई निषेधाज्ञा अवधिमा पचास प्रतिशत भाडा छुट 
  • पुर्न कर्जा अझै विस्तार हुने 
  • सहुलियत कर्जा पनि निरन्तर हुने 
  • सरकारी कर्मचारीलाई १० दिनको भ्रमण काज 
  • १ अर्बको च्यालेञ्ज फन्ड 

यदि तपाईँले व्यवसाय सुरु गर्ने सोच बनाउनुभएको छ भने सरकार दिएका यी छुटका बारेमा राम्ररी बुझेर यो अवसरको फाइदा उठाउनुहोला।

यो सामाग्री कति उपयोगी भयो ?

प्रतिक्रिया दिनुहोस |

अहिलेसम्म प्रतिक्रियाको नतिजा

अहिले सम्म कुनै भोट छैन! यो पोष्ट रेट गर्न पहिलो हुनुहोस्।