गोपनीयता नीति

तपाईंहरूको निजी जानकारीको सुरक्षा गर्न उद्यमी नेपाल प्रतिबद्ध छ।

उद्यमी नेपाल

उद्यमी नेपाल पोर्टलको मध्यमबाट नेपालमै बसी उद्यमी बन्न चाहनेहरुले निःशुल्क रूपमा आफूले सजिलै बुझ्न सक्ने नेपाली भाषामा आवश्यक सल्लाह-सुझाव, सम्बन्धित लेखहरू, समाचार, कर्जा र सहुलियत लागायतका जानकारी पाउन सक्नेछन् भने सिप सिक्न चाहनेहरुले सिपममूलक तालिमका अवसरहरूको जानकारी पाउन सक्नेछन् । यसै गरी यस पोर्टलको माध्यमबाट सिप भएका मानिसहरूलाई स्वदेशमै बसी थप रोजगारीका अवसरहरूसँग जोडिन र यही उद्यम/व्यावसाय सञ्चालन गरिरहेका व्यक्तिहरूले ग्राहकसँग जोडिन थप मद्दत पुग्ने हामीले विश्वास लिएका छौँ। तसर्थ यी उदेश्यहरु पुरा गर्नका निम्ति दुवै पक्षका लागि निम्नानुसारको गोपनियता नीति अपनाउनु पर्ने हुनसक्छ:

गोपनीयता सम्बन्धी नीति

यस पोर्टलमा भएको तपाईँहरूको कुनै पनि निजी विवरण र व्यक्तिगत जानकारीहरूको सुरक्षा गर्न उद्यमी नेपाल सदैव प्रतिबद्ध छ।  हामी तपाईँहरूको व्यक्‍तिगत जानकारी अरू कसैलाई उपलब्ध गराउने छैनौँ। तथापि आवश्‍यक परेमा, जस्तै:- यस पोर्टलको उद्देश्य अनुसार कुनै सेवा उपलब्ध गराउन, कुनै जालसाजीबाट जोगिन, सुरक्षा र प्रविधि सम्बन्धी कुनै समस्या पत्ता लगाउन  अथवा यस्ता अन्य कुनै कानुनी माग पूरा गर्नका निम्ति व्यक्‍तिगत जानकारीहरू उपलब्ध गराउनु मात्र तिनको व्यक्‍तिगत जानकारी उपलब्ध गराउनेछौँ।

व्यक्तिगत जानकारीहरूको बिक्री-वितरण

तपाईँले यो पोर्टलमा लग इन् गरी व्यक्तिगत जानकारी उपलब्ध गराउनुको मतलब उद्यमी नेपालका उद्देश्‍यहरूका लागि आफ्नो निजी जानकारी तेस्रो पक्षलाई उपलब्ध गराउने अनुमति हामीलाई दिइरहनु भएको हुनेछ। यद्धपि प्रयोगकर्ताको व्यक्‍तिगत जानकारी कुनै पनि आवस्थामा बेचिने, सट्टापट्टा गरिने वा भाडामा दिइने छैन भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌।

इमेल ठेगाना

यस वेबसाइटमा आफ्नो अकाउन्ट बनाउँदा तपाईँले उपलब्ध गराउनु भएको इमेल ठेगाना, तपाईँको अकाउन्ट सम्बन्धी जानकारी दिन तपाईँलाई सम्पर्क गर्नु परेमा प्रयोग गरिनेछ। उदाहरणको लागि, तपाईँले प्रयोगकर्तामा राखेको नाम अथवा पासवर्ड बिर्सनुभयो र साइटमा प्रवेश गर्न मदत माग्नुभयो भने तपाईँले उपलब्ध गराएको इमेल ठेगानामा तपाईँलाई इमेल पठाएर मदत गरिनेछ।

फोन नम्बर

यस वेबसाइटमा तपाईँले राख्नु भएको फोन नम्बरको मध्यमबाट तपाईँलाई आफ्नो सिप र व्यावसायमा अझ बढी ग्राहकहरूसँग जोडिन सहज होस् भनेर लग ईन् गर्ने समयमा फोन नम्बर मागिएको हो। तपाईँको उद्यम र आम्दानी र व्यक्तित्व विकासमा बढोत्तरी होस् भन्ने हामी चाहन्छौ। फोन नम्बरहरू तपाईँको अनुमतिमा नै राखिने भएकोले राखिसके पछि कसैबाट यी नम्बरहरूको दुरुपयोग भएमा हामी जिम्मेवार हुनु नपर्ने जानकारी गराउँदछौ। यस्ता सम्भावित दुर्घटनाहरूबाट सुरक्षित् रहन हामी तपाईँलाई यस्ता किसिमका व्यावसायिक कामका लागि र छुटै फोन ठेगाना र व्यक्तिगत कामका लागि छुट्टै ठेगाना प्रयोग गर्नुहुन अनुरोध गर्दछौ।

सुरक्षा

तपाईंहरूको निजी जानकारी सुरक्षित राख्ने विषयलाई हामी गम्भीरतासाथ लिन्छौं। हामीलाई प्राप्त भएको जानकारीलाई सुरक्षित अनि गोप्य राख्न हामीले हाम्रो डाटाहरु सुरक्षित स्थानमा राखेका छौं।