नेपालमा सार्क वुमन आन्टरप्रेनर्स काउन्सिलद्वारा  (SAARC Chamber Women Entrepreneurs Council Nepal) ‘बेस्ट वुमन आन्टरप्रेनर २०१८’ (Best Women Entrepreneur 2018) छनौट कार्यक्रम आयोजना हुन लागेको छ। यस कार्यक्रममा सहभागी भएर ‘बेस्ट वुमन आन्टरप्रेनर २०१८’ को उपाधि जित्ने जो कोही महिला उद्यमीले नेपालको प्रतिनिधित्व गर्दै ‘सार्क वुमन आन्टरप्रेनर २०१८’ (SAARC Women Entrepreneur 2018 ) मा अन्य ७ सार्क राष्ट्रका महिला उद्यमीहरूसँग प्रतिस्पर्धा गर्ने मौका पाउनेछन्।

निवेदनका लागि न्यूनतम योग्यता:

  • निवेदक एक उद्यमी महिला हुनुपर्छ।
  • निवेदक सार्क (SAARC) अन्तर्गत पर्ने देशहरूमध्ये एकको नागरिक हुनुपर्छ र उद्यम पनि सोही देशमा सञ्चालन गरिएको हुनुपर्छ।
  • सञ्चालन गरेको व्यवसाय आफूले निवेदन बुझाएको मितिसम्ममा कम्तीमा ३ वर्ष पुरानो हुनुपर्छ।
  • सञ्चालन गरिएको व्यवसायले पछिल्लो ३ वर्षभरि कम्तीमा ५०,००० अमेरिकी डलर प्रति वर्ष आम्दानी गरेको हुनुपर्छ।
  • सञ्चालन गरेको व्यवसायले लाइसेन्स  प्राप्त अडीटरबाट पछिल्लो ३ वर्षसम्म निरन्तर रुपमा लेखाको अडिट (audit) गराएको हुनुपर्छ।
  • व्यवसायसँग कम्तीमा १० जना कर्मचारीहरू आबद्ध रहेको हुनुपर्छ।
  • निवेदकले व्यवसायमा कम्तीमा ५० प्रतिशत लगानी गरेको हुनुपर्छ।
  • परिवारको नाममा दर्ता भएको व्यवसाय छ भने निम्न लिखित कागजातहरू बुझाउनुपर्ने हुन्छ:
    • मुख्य कारोबारहरूमा सञ्चालक समितिको निर्णय
    • निवेदकको पद
    • निवेदकको आम्दानी
    • प्रबन्ध पत्र तथा नियमावली
    • भुक्तानी अधिकरण गरेको पत्र
    • कम्पनीले कुनै प्याटेन्ट लिएको भए त्यसको प्रमाणपत्र
    • लोन ग्यारेन्टी तथा बैङ्क इस्टेटमेन्ट
    • अथवा अरू कुनै प्रमाण

एउटा व्यवसायबाट एक जना व्यक्तिले मात्र निवेदन दिन पाउनेछ।

कार्यक्रम आयोजकको परिवारका कुनै पनि सदस्यले निवेदन दिन पाउनेछैनन्।

निवेदन कसरी दिने?

𝘀𝗰𝘄𝗲𝗰.𝗻𝗲𝗽𝗮𝗹@𝗴𝗺𝗮𝗶𝗹.𝗰𝗼𝗺 मा सम्पर्क गरी निवेदन फारम लिन सकिन्छ।

सूचना जस्ताको त्यस्तै:

 निवेदन बुझाउने अन्तिम मिति कहिले हो?

१६ नोभेम्बर, २०१८ भित्रमा निवेदन बुझाइसक्नुपर्ने हुन्छ।

थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:

इमेल: 𝘀𝗰𝘄𝗲𝗰.𝗻𝗲𝗽𝗮𝗹@𝗴𝗺𝗮𝗶𝗹.𝗰𝗼𝗺



.

 

0
0
0
s2sdefault

उद्यमी नेपालको फेसबुक !

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img