व्यावसाय संचालनको क्रममा नेपालबाट कुरियर मार्फत केहि सामानहरु विदेश पठाउनु पर्ने वा विदेशबाट केहि सामानहरु नेपालमा भित्र्याउनु पर्ने हुनसक्छ । यस्तो अवस्थामा तपाईले कस्ता सामानहरु भित्र्याउन र पठाउन पाइदैन भनि जान्न निकै जरुरी हुन्छ ।

कुरियर मार्फत नेपालमा भित्र्याउन नपाइने बस्तुहरु यस प्रकार छन्:

  • एक पोकामा ७० किलोग्रामभन्दा बढी तौल भएको बस्तु,
  • जनावर तथा तिनका अङ्गहरू,
  • वनस्पति र तिनका अङ्गहरू,
  • जुनसुकै स्वरुपका सुन, चाँदी तथा गरगहना,
  • बहुमूल्य तथा अर्ध बहुमूल्य पत्थर,
  • नेपालको प्रचलित कानून वमोजिम आयात लागि प्रतिवन्ध लगाईएका अन्य वस्तुहरू ।

कुरियर मार्फत नेपालबाट विदेश पठाउन नपाइने बस्तुहरु यस प्रकार छन्:

  • विदेश पठाउदा निकासी महसुल लाग्ने सबै वस्तुहरु,
  • नेपालको प्रचलित कानून वमोजिम निकासीको लागि प्रतिवन्ध लगाईएका अन्य वस्तुहरु ।

कस्तो प्रक्रिया अपनाउनु पर्छ ?

समान भित्र्याउदा,

  • निशुल्क उपहारको रुपमा वा नमूना (स्याम्पल) को रुपमा भित्र्याउदा, एक पटकमा अमेरिकी डलर २०० मूल्यसम्मको वस्तु भुक्तानी प्रक्रियाविना भित्र्याउन सकिन्छ ।
  • व्यापारको क्रममा बढीमा अमेरिकी डलर ५,००० मूल्यसम्मको वस्तु, स्वीकृत वैकिङ्ग प्रणालीबाट भुक्तानी हुने गरि भित्र्याउन सकिन्छ । यस प्रक्रियाबाट समान भित्र्याउदा लाग्ने सामान्य भन्सार शुल्क पनि बुझाउनु पर्ने हुन्छ ।

समान पठाउदा,

  • निशुल्क उपहारको रुपमा वा नमूना (स्याम्पल) को रुपमा समान पठाउदा, एक पटकमा अमेरिकी डलर ५०० मूल्यसम्मको वस्तु भुक्तानी प्रक्रियाविना पठाउन सकिन्छ ।
  • व्यापारको क्रममा बढीमा अमेरिकी डलर ५००० मूल्यसम्मको वस्तु स्वीकृत वैकिङ्ग प्रणालीबाट भुक्तानी हुने पठाउन सकिन्छ र यस प्रक्रियाबाट सामान पठाउदा लाग्ने सामान्य भन्सार शुल्क पनि बुझाउनु पर्ने हुन्छ ।

जान्नै पर्ने कुराहरु:

  • समान भित्र्याउदा वा पठाउदा प्रत्येक पोकामा रहेको वस्तुको तौल सहित समानको अन्य सबै विवरण र मूल्य लेखेको फाराम (कन्सोलिडेटेड मेनिफेष्ट) प्रत्येक पोकासँगै पठाउनु पर्नेछ ।

नोट: यो लेख नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यन्वयन गर्न बनेको विधयक, २०७५ को अधारमा तयार पारिएको हो । थप जानकारीका लागि- लिङ्क

0
0
0
s2sdefault

उद्यमी नेपालको फेसबुक !

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img