हस्तकला व्यवसाय नेपालको एउटा पहिचान र गौरवको विषय हो । अन्तरराष्ट्रिय क्षेत्र मै नेपालले हस्तकलामा आफ्नो छुट्टै स्थान बनाउन सफल भएको छ नेपालमा विभिन्न प्रकारका हस्तकला व्यवसायहरू छन्, ती मध्य थान्का व्यवसाय बजारमा चलेको एक हस्तकला व्यवसाय हो ।

थान्का भनेको कपडा वा कागजमा विभिन्न रंगहरुको प्रयोगबाट बुद्धको कथाहरू र अरू देवी-देउताको चित्रहरू बनाइएको नेपाली कला झल्काउने पेन्टिङ्ग हो । थान्का व्यवसाय परापपुर्व काल देखि नै चल्दै आएको हो र इतिहास अनुसार  सातौँ सताब्दीको बेला राजा अंशुबर्माकी  छोरी, राजकुमारी भृकुटीले तिब्बतमा नेपाली संस्कृति र कलाको प्रचार प्रसार गर्दै थान्काको आपूर्ति नेपालबाट तिब्बतमा थालनी गरेकी थिइन् । त्यसै कारणले गर्दा पनि नेपाली कलाको उत्थान र यसको प्रशंसा विदेशी मुलुक सम्म पनि पुग्न सफल भएको छ ।

"राम्रो थान्का बेच्न सकेमा २ लाख देखि १० लाख सम्म पनि एउटै थान्काबाट कमाउन सकिन्छ भने कहिले व्यापार शून्य नै हुन्छ ।"

हाल नेपालमा थुप्रै थान्का व्यवसाय गर्ने व्यवसायीहरू भेटिन्छन् । उद्यमी नेपालको टिमले पनि यस्तै व्यवसाय गर्दै बसेका एक उद्यमीसँग एउटा सानो  कुराकानी गरेको छ । विजय राना ललितपुरको इमाडोलमा बस्छन् । उनको थान्का पसल भने पाटन, क्वल्खुमा छ । उनीसंग भएको कुराकानीको स्वरूप तल पढ्नुहोस:-

१.तपाईँलाई यो व्यवसाय सुरु गर्ने विचार कसरी आयो?

मैले यो व्यवसायको बारेमा मेरो साथीबाट थाहा पाएको थिएँ । पहिले म टुरिस्ट गाईडको रूपमा काम गर्थे । मेरो साथी पनि गाईड नै थियो र उसको चाहिँ थान्का व्यवसाय पनि थियो । उसले गाइड काम पनि गर्थ्यो र टुरिस्टहरुलाई आफ्नो थान्का पनि बेच्थ्यो । टुरिस्टहरुको थान्का प्रतिको आकर्षण देखेर मलाई पनि यो व्यवसायमा हात हाल्न मन लाग्यो । साथीको सफलताले गर्दा पनि यो व्यवसायमा लाग्न प्रेरित भएर, त्यहाँबाट नै मलाई यो व्यवसाय गर्ने सोच आयो ।

२. यो व्यवसाय सुरुगर्दा कति लगानी गर्नु भयो ?viber image2

मैले यो व्यवसाय सुरु गरेको २०५२ सालमा र त्यति खेरै मैले रू. ५ लाख लगानी गरेको थिएँ ।

३. यो व्यवसायमा लाग्न कस्तो खालको सिपहरू चाहिन्छ ?

यो व्यवसाय खोल्न भने थान्काको बारेमा राम्रो ज्ञान र आइदिया हुनु पर्छ । थान्काको ग्राहक बढी विदेशी नै हुने भएकोले अंग्रजी भाषा बोल्न र लेख्न पनि जान्नु पर्छ । र थान्का लेख्ने राम्रा आर्टिस्टहरुको बारेमा थाहा हुनु पर्छ ।

४. थान्का बनाउन के-के सामग्री चाहिन्छ र कसरी बनाइन्छ ?

थान्का बनाउन मेन चाहिने भनेको कटनको कपडा, सेतो माटो, ग्लु, कान्भास बनाउन काठको फ्रेम, चित्र बनाउन पेंटिंग ब्रस, पेंटिंग कलर, आदि चाहिन्छ । थान्का बनाउन सुरुमा कपडा फ्रेममा टाईट हुने गरी तागिन्छ र त्यो कपडा माथि सेतो माटोले घोटेर चिप्लो पारिन्छ । र यसरी कान्भास तयार भएपछि सुकाइन्छ । सुकेपछि आरटिस्टले त्यो कान्भासमा थान्काको डिजाइन पहिले सिसा कलमले कोर्छन् र त्यसको माथि पेंटिंग गर्छन् । यसरी थान्काको साइज अनुसार एक महिना देखि एक वर्ष लगाएर थान्का बनाइन्छ । र कुनै कुनै थान्कामा दिजाइन अनुसार सुनको लेप पनि लगाइन्छ ।

५. यो व्यवसायको राम्रो वा नराम्रो पक्ष भनेको के हो ?

यो व्यवसायको नराम्रो पक्ष भनेको त्यही हो थान्का बनाउने प्रक्रिया अलि गाह्रो छ । एउटा थान्का बनाउन महिना दिन देखि लिएर एक वर्ष पनि लाग्न सक्छ । र अर्को भनेको यो व्यवसायमा कहिले व्यापार हुन्छ भन्न सकिँदैन । कहिले हुन्छ त कहिले हुँदैन । राम्रो थान्का बेच्न सकेमा २ लाख देखि १० लाख सम्म पनि एउटै थान्काबाट कमाउन सकिन्छ भने कहिले व्यापार शून्य नै हुन्छ । त्यसैले यो व्यवसायको राम्रो वा नरार्मो पक्ष चाहिँ त्यसैलाई मान्छु । यो व्यवसायमा कति आम्दानी हुन्छ भनेर ठम्याउन गाह्रो हुन्छ ।

अन्त्यमा, थान्काको बारेमा राम्रो ज्ञान र अनुभव भयो भने जो सुकैले पनि यो व्यवसायमा लाग्न सक्ने विजय रानाको सुझाव छ । यदी तपाईँलाई पनि यस्तै व्यवसाय गर्ने इच्छा छ भने तपाईँले पनि थोरै लगानीमा यो व्यवसाय थालनी गर्न सक्नु हुन्छ किनभने थान्का व्यवसायको माग नेपालमा मात्र नभएर विदेशी मुलुकमा पनि उत्तिकै छ । त्यसैले आफूले केही फरक तरिकाले यो व्यवसाय सञ्चालन गर्न सक्यो भने धेरै फाइदा देखिन्छ ।

 

0
0
0
s2sdefault

उद्यमी नेपालको फेसबुक !

UDHYAMI NEPAL

हाम्रो युट्युब !

img