कुनै पनि किसिमको उद्योग संचालन गर्दै हुनुहुन्छ भने दर्ता अनिवार्य हुन्छ। दर्ता नगरी चलाइएको उद्योग तथा व्यवसायलाई गैरकानुनी मानिन्छ।

दर्ता गरेर चलाउन सुरु गरिसकेपछि हरेक वर्ष वा पाँच वर्षको अवधिमा उद्योग नवीकरण पनि गर्नुपर्ने हुन्छ। समयमा नै नवीकरण नगरेमा भारी जरिवाना तिर्नुपर्ने हुन सक्छ।

तर धेरै व्यवसायीहरूलाई यसका बारेमा जानकारी नभएर समस्या उब्जिरहेको देखिन्छ। त्यसैले आजको यो लेखमा हामीले उद्योग नवीकरण कहाँ, कसरी र कति दस्तुरमा गर्न सकिन्छ भन्ने बारेमा लेखेका छौँ।

कहाँ नवीकरण गर्ने?

फर्म नवीकरण गर्नको लागि सो फर्म दर्ता गरेको ठाउँ (जस्तै सानो उद्योग भए घरेलु तथा साना उद्योग कार्यालय, कम्पनी भएमा कम्पनी रजिस्टारको कार्यालय) मा गएर तोकिएका कागजात पुर्याएर तोकिएको दस्तुर तिरी नवीकरणको लागि निवेदन दिनुपर्छ। घरेलु तथा साना कार्यालय देशभर नै छन्। आफूलाई नजिक पर्ने कार्यालयमा गएर दर्ता गराउन सक्नुहुन्छ।

कार्यालयको सुची हेर्न यहाँ क्लिक गर्नुहोस्।

कति समयमा गर्नुपर्छ?

साझेदारी व्यवसाय हो भने हरेक वर्ष र प्राइभेट फर्म हो भने पाँच वर्षको अवधिमा उद्योग नवीकरण पनि गर्नुपर्ने हुन्छ। यो समय कटेको ३५ दिन भित्र नवीकरण गरिसक्नुपर्छ। यसो नगरेमा दस्तुर दोब्बर, तेब्बर हुँदै जानेछ।

यसरी ३५ दिन कटेको ६ महिनापछि पनि नवीकरण गरिएन भने व्यवसाय खारेज हुनेछ।

केके कागजात चाहिन्छ?

नवीकरणका लागि यी कागजातहरू चाहिन्छ:

  • निवेदन फारम
  • रु. १० को टिकट
  • राजस्व दस्तुर
  • उद्योग दर्ताको सक्कल प्रमाण पत्र
  • अघिल्लो आर्थिक वर्षको कर तिरेको निस्सा
  • ५० लाख वा सो भन्दा बढी पुँजी भएको फर्म हो भने लेखा परिक्षण प्रतिवेदन (Audit Report)

कति दस्तुर लाग्छ?

एकल लगानीमा सुरु गरिएको हो भने:

लगानी

नवीकरण दस्तुर (रु.)

३ लाख सम्म

६००

३ देखि ५ लाख सम्म

१०००

५ देखि २० लाख सम्म

१६००

२० लाख देखि १ करोड सम्म

३०००

१ देखि ५ करोड सम्म

८०००

५ करोड भन्दा माथि

१५०००

साझेदारीमा सुरु गरिएको उद्योग हो भने:

लगानी

नवीकरण शुल्क (रु.)

१ लाख सम्म

१००

१ देखि ३ लाख सम्म

१२५

३ देखि ५ लाख सम्म

१५०

५ देखि १० लाख सम्म

२००

१० देखि ५० लाख सम्म

२५०

५० लाख भन्दा माथि

३००

कहाँ सम्पर्क गर्ने?

उद्योग दर्ता गराउन कुनै समस्या परेमा यो नम्बरमा सम्पर्क गर्नुहोला: ४२५९८४२, ४२५९८४६, ४२५९८५५, ४२५९८७५

इमेल: This email address is being protected from spambots. You need JavaScript enabled to view it.  

वेबसाइट: https://dcsi.gov.np

घरेलु तथा साना उद्योग कार्यालयले दिने सेवाहरूका बारेमा जान्नका लागि यहाँ क्लिक गर्नुहोस्।

0
0
0
s2sdefault

हाम्रो फेसबुक!

 

हाम्रो युट्युब!

उद्यमी नेपाल